शुक्रबार, मंसिर १९, २०७७
पुस्तक समसामयिक

सारांशमा वेद

वेद मानव सभ्यताको लगभग सबैभन्दा पुरानो र वृहत लिखित दस्तावेज हो । वेदहरुको २८ हजार पान्डुलिपिहरु भारतमा पुणेको ‘भण्डारकर ओरिएण्टल रिसर्च इन्स्टिच्यूट’ मा राखिएको छ । यस मध्ये ऋग्वेदको ३० पान्डुलिपिहरु अत्यन्त महत्वपूर्ण छन् । जसलाई यूनेस्कोले विश्व सम्पदा सूचीमा शामेल गरेको छ । यूनेस्कोले ऋग्वेदको १८०० बाट १५०० ई.पू. सम्मको ३० पान्डुलिपिहरुलाई सांस्कृतिक धरोहरहरुको सूचीमा शामेल गरेको छ ।

वेदलाई ‘श्रुति’ पनि भनिन्छ । ‘श्रु’ धातु बाट ‘श्रुति’ शब्द बनेको हो । ‘श्रु’ भनेको सुन्नु हो । भनिन्छ यसका मन्त्रहरुलाई ईश्वर (ब्रह्म) ले प्राचीन तपस्विहरुलाई गहिरो तपस्यामा लिन भएको समयमा अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम ईश्वरले चार ऋषिहरु अग्नि, वायु, अंगिरा र आदित्यलाई यसको ज्ञान दिएका थिए ।

वेद वैदिककालको वाचिक परम्पराको अनुपम कृति हो । जुन पीढी–दरपीढी पछिल्लो छ–सात हजार वर्ष ईस्वी पूर्वबाट चलिआएको हो । विद्वानहरुले संहिता, ब्राह्मण, आरण्यक र उपनिषद यि चारको संयोगलाई समगमा्र वेद भनेका छन् । यि चार भाग सम्मिलित रूपलाई श्रुति भनिन्छ भनें बाँकी ग्रन्थहरु स्मृति अंतर्गत पर्दछन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”