शनिबार, मंसिर २०, २०७७
पुस्तक

के छ कामसूत्रमा ?

वात्सायनको कामसूत्रमा कुल सात भाग छन् । प्रत्येक भाग कयौं अध्यायमा बाँडिएको छ । प्रत्यक अध्यायको कयौँ श्लोक छन् ।
महर्षि वात्स्यामनको जन्म भारतको बिहार राज्यमा भएको थियो । प्राचिन भारतमा महत्वपूर्ण साहित्यकारहरूम उनी एक हुन् । महर्षि वात्म्यानले कामसूत्रमा केवल दाम्पत्य जीवनको श्रृङ्गार गरेका छैनन् । बरू कला, शिल्पकला एवं साहित्यलाई पनि सम्पादित गरेका छन् ।

अर्थ–राजनीतिको क्षेत्रमा कौटिल्यको जुन स्थान रहेको छ । कामको क्षेत्रमा त्यही स्थान महषि वात्सायनको छ । महषि वात्सायनको कामसूत्र बिश्वको प्रथम यौन संहिता हो । जसमा यौन, प्रेमको शारीरिक सिद्धान्त तथा प्रयोगको विस्तृत व्याख्या एवं विबेचन गरिएको छ । अधिकृत प्रमाणको अभावमा महर्षिको समय निर्धारित भएको छैन । तर अनेकौँ विद्वानहरू तथा शोधकर्ताहरूका अनुसार महर्षिले आफ्नो विश्वविख्यात ग्रन्थ कामसूत्रको रचना ईशाको तृतीय शताब्दिको मध्यमा भएको बताएका छन् । तदनुसार विगत १७ शताब्दिमा कामसूत्रको प्रचार विश्वभर भइरहेको छ । संसारको धेरै जसो भाषामा कामसूत्रको अनुबाद भइसकेको छ । यसको अनेक भाष्य एवं संस्करण पनि प्रकाशित भइसकेको छ । ति भाष्यहरूमध्ये जयमंगला भाष्यलाई सबैभन्दा प्रमाणिक मानिन्छ । जब २ सय बर्ष अगाडी प्रसिद्ध भाषाविद् सर रिचर्ड एफ बर्टनले जब ब्रिटेनमा यसको अंग्रेजी अनुबाद गरे तब चारैतिर तहल्का मच्चियो । अरबको बिख्यात कामशास्त्र ‘सुगन्धित बाघ’ मा पनि यस ग्रन्थको अमिट छाप परेको छ ।

महर्षिले कामसूत्रमा न त केबल दाम्पत्य जीवनको मात्रै श्रृङ्गार गरेको छन् । यसले शिल्पकला एवं साहित्यलाई पनि स्पन्दित गरेको छ । राजस्थानको दुर्लभ यौन चित्रकारी तथा खाजुराहो, कोर्णक, काठमाडौं उपत्यकामा मन्दिरहरुका जीवन्त शिल्पकलाहरु पनि कामसूत्रबाट अनुप्राणित रीतिकालिन कविहरूले कामसूत्रको मनोहारी झाँकीहरू प्रस्तुत गरेका छन् भनें जयदेवले रति–मञ्जरीनामक लघु पुस्तिका रचना गरेर आफ्नो काव्य कौशलको अद्भूत परिचय दिएका छन् ।

ग्रन्थमा कामको व्याख्या द्वि आयामी छ । प्रथम सामान्य र द्वितीय बिशेष । सामान्य अन्र्तगत पन्चइन्द्रयीहरूद्वरा प्राप्त हुने आनन्द एवं रोमाञ्चलाई समाबेश गरिएको छ । जसको प्रतक्ष्य सम्बन्ध मन एवं चेतनासँग जोडिएको छ । यसैद्वारा मनो शारीरिक क्रिया एवं प्रतिक्रिया संचालन हुन्छ ।

दाम्पत्य

कामसूत्रले दाम्पत्य उल्लास एवं सन्तृप्तिको लागि यौन–क्रिडालाई आधार मानेको छ । दाम्पत्य जीवनमा उल्लास एवं उमंगको सन्चार तब हुन्छ । जब पति पत्नि दुबै बीचमा मानसिक तालमेल होस् । दुबै एकअर्काको परिपूरक बन्ने प्रयास गरून् तथा यौन क्रिडाको समयमा पारस्परिक सहयोग होस् । आफ्नो– आफ्नो लक्ष्यमा आत्मविश्वासका साथ निरन्तर अगाडी बढुन् । दाम्पत्य जीवनमा सतत रसवर्षाको लागि नै महर्षिले आफ्नो काम सूत्रमा यौन–प्रेमको रहस्यहरू उद्घाटन गरेका छन् एवं यौन क्रिडा तथा तरिकाको सूक्ष्म विस्तृत वर्णन प्रस्तुत गरेका छन् ।

काम एउटा अत्यन्त्त शक्तिशालि मूल प्रवृति (Instinct) हो । काम नै जीवन स्पदन, जीवनको उद्गम, त्यसको अस्तित्व तथा गतिशीलता तथा नर–नारीको पारस्पारिक आकर्षण एवं सम्मोहनको रहस्य हो । वास्तबमा काम नै विवाह एवं दाम्पत्य सुख–शान्तिको आधारशिला गर्दछ । अतः विवाहित जीवनमा आन्दको निरन्तर रस वर्षा कामसूत्रको वास्तबिक उपदेश हो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू