शनिबार, मंसिर २०, २०७७
अन्तर्वार्ता तीर्थ र पर्यटन विचार

देश विकासको लागि पर्यटन विकास आवश्यक

पर्यटनको संभावनाको बखान गरेर पर्यटन विकास हुँदैन । हो नेपालमा पर्यटन विकासको संभावना व्यापक छ तर त्यो व्यापक संभावनाको ज्यादै थोरै हिस्सा मात्र नेपालमा पर्यटन व्यवसायले सदुपयोग गर्न सकेको छ, यो तथ्य पनि सही हो । विश्वमा कृतिम पर्यटन सुविधाहरु मनोरञ्जनका स्थलहरु बनाएर पर्यटन विकास गरिएका धेरै उदाहरणहरु छन् । तर नेपालमा प्रकृतिले धेरै पर्यटकीय संभावनाहरु दिएको छ । समुद्री पर्यटन बाहेक सबै किसिमका पर्यटकीय संभावना नेपालमा छ । तर हामीले सदुपयोग गर्न सकेनौं ।

हिमाल पडाड तराईमा प्रकृति र संस्कृतिसँग जोडिएका विविधता हाम्रा पर्यटन विकासका लागि सम्पन्न छ । त्यसलाई व्यवसायिक र आद्योगिक रुपमा विकास गर्न जरुरी छ । विश्वमा कृतिम पर्यटन गन्तव्यहरुलाई पनि व्यापक प्रचारप्रसार गरी उत्कृष्ठ गन्तब्य बनाईएको छ भनें नेपालमा पर्यटनलाई व्यवसायिक र आद्योगिक रुपमा विकास गर्न सक्ने संभावना अत्यधिक छ । मात्र हामीले पुर्वाधारको विकास, प्रचारप्रसार र व्यवसायिक संस्कृति विकास गर्न आवश्यक छ ।


प्राकृतिक रुपमा पर्यटकीय सम्भावनाको धनी देश नेपालमा बाह्य पर्यटन भित्राउन सरकारले गरेका प्रयास सार्थक भएका छैनन् । नेपाली पर्यटन उद्योग संभावनाको आधार भन्दा धेरै गुणा ढिलो गतिमा अगाडी बढिरहेको छ ।

हुन त अहिले नेपाल पर्यटकीय पूर्वाधारको हिसाबले धरै अगाडि बढिसकेको छ ।  सडकलाई व्यवस्थित र पर्यटन मैत्री बनाउँदै, रोडमै पर्यटक रमाउन सक्ने वातावरण बनाउन सकेमा सिंगैं नेपाल पर्यटनको ठूलो खानी हो ।


नेपालमा भएका पर्यटन क्षेत्रहरुको सकारात्मक प्रचारप्रसार गर्ने उत्कृष्ठ माध्यम आवश्यक छ । प्रचारप्रसारका विश्वव्यापि सञ्जालसँग जोडिन आवश्यक छ । सबै प्रचार तथा प्रवद्धर्नात्मक गतिविधिहरु प्रभावकारी रुपमा हुन जरुरी छ । पर्यटन विकासका लागि व्यवस्थित रुपमा पर्यटन सम्मेलन गरी विश्वस्तरमा नेपालका संभावनाहरुलाई प्रचारप्रसार तथा लगानी भित्राउने प्रक्रियालाई प्राथमिकतामा राख्न आवश्यक छ ।

नेपालको पर्यटन क्षेत्रको भौतिक संरचना निर्माणका साथै नेपालको बारेमा सकारात्मक प्रचार प्रसार गर्न सकेमा नेपालले विश्वका सबै किसिमका पर्यटकहरुलाई पर्यटकीय ज्ञान र मनोरञ्जन दुबै दिन सक्छ । वास्तवमा नेपालको पर्यटनलाई सकारात्मक गतिदिन सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी छ ।

नेपालमा ग्रामिण पर्यटन विकास र प्रवद्धर्नका लागि सबैभन्दा पहिले सडक निर्माणका कार्य अघि बढाएर पर्यटक बढी भित्राउने योजना र पुर्वाधार विकास जरुरी छ । नेपालको पर्यटनबारे सकारात्मक सन्देश प्रवाह गर्न स्वदेशी तथा विदेशी सञ्चारमाध्यमको भरपुर उपयोग गरिनुपर्छ । अन्तराष्ट्रिय जगतमा नेपालको प्रचार गर्न पर्यटन क्षेत्रका निकायहरु एकताबद्ध र प्रतिबद्ध भएर सहकार्य, समन्वय गर्न जरुरी छ । नेपाल पर्यटन बोर्डले पनि पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्य गर्न जरुरी छ । खर्च रकम ठूलो हुनु मात्र कार्य गर्नु होईन । बोर्डका कार्यहरु उपलब्धिमूलक देखिनु पर्छ ।

प्राकृतिक रुपमा पर्यटकीय सम्भावनाको धनी देश नेपालमा बाह्य पर्यटन भित्राउन सरकारले गरेका प्रयास सार्थक भएका छैनन् । नेपाली पर्यटन उद्योग संभावनाको आधार भन्दा धेरै गुणा ढिलो गतिमा अगाडी बढिरहेको छ । संसारकै उत्कृष्ठ गन्तव्य नेपाल हुँदा हुँदै पनि हवाई टिकट अत्यन्तै महंगो भएकाले सम्भावित पर्यटकहरु नेपालमा आउन सकेका छैनन् । नेपालकोे पर्यटन व्यवसाय फस्टाउनका लागि हवाई क्षेत्र पनि व्यवस्थित गर्नुपर्दछ ।

पर्यटन प्रवद्र्धन गर्नसके देशमा रोजगारी सिर्जना हुनुको साथै आर्थिक उन्नति हुनेछ तर त्यसका लागि सरकार, व्यवसायि, सञ्चार क्षेत्र एक आपसमा समन्वय गर्दै अघि बढ्न आवश्यक छ । पर्यटन विकासको लागि नेपालमा हिमालय आरोहण, उच्च हिमाली क्षेत्र, पदयात्रा, प्राकृतिक सौन्दर्य, संस्कृति, जलसम्पदा, जस्ता क्षेत्रमा धेरै सम्भावना रहेको छ । ग्रामिण पर्यटनका अलावा नेपालमा उच्च पर्यटन विकासका साथसाथै कृषि पर्यटन, खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन, शिक्षा पर्यटन जस्ता व्यापक पर्यटकीय आयामहरुको विकास तथा त्यस्ता संभावनाहरुको सदुपयोग गर्न सकिन्छ । नेपालको पर्यटन विकासका लागि व्यवस्थित गुरुयोजना सहित पुरातात्विक पर्यटन पनि बढाउन सकिने छ ।

संसारभर वातावरण संरक्षण, औद्योगिक प्रदुषण, जलबायु परिवर्तन जस्ता विषयहरुमा व्यापक वहश भईरहेको सन्दर्भमा नेपालमा वातावरणमैत्री पर्यटन विकासको संभावना पनि उच्च रहेको छ । राष्ट्रिय निकुञ्जमा व्यवस्थित पुर्वाधारहरु निर्माण गरी बन्यजन्तु वातावरणलाई असर नपर्ने गरी पर्यटन व्यवसायको अभ्यास विश्वका कैयौं स्थानमा भईरहेको छ । त्यसबाट हामीले पनि धेरै कुरा सिक्नुका साथै वातावरणमैत्री पर्यटन व्यवसायबाट फाइदा लिन सक्छौं ।

हुन त अहिले नेपाल पर्यटकीय पूर्वाधारको हिसाबले धरै अगाडि बढिसकेको छ ।  सडकलाई व्यवस्थित र पर्यटन मैत्री बनाउँदै, रोडमै पर्यटक रमाउन सक्ने वातावरण बनाउन सकेमा सिंगैं नेपाल पर्यटनको ठूलो खानी हो । यसको संभावनालाई सदुपयोग तथा पर्यटन व्यापार प्रवद्र्धनका लागि व्यावसायिक एकता र सरकारी सक्रियता आवश्यक हुनेछ । सरकार र निजी क्षेत्रको बीचमा सहकार्य, समन्वय र सहयोगको बलियो संस्कृति आवश्यक हुन्छ । यसका साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि समेत विशेष योजनाहरु ल्याउन आवश्यक देखिन्छ । पर्यटन क्षेत्रको व्यवस्थित विकासबाट एकातिर नेपालको विकासमा सकारात्मक योगदान पुग्नेछ भनें अर्को तर्फ विदेशीमुद्रा आर्जन गर्ने राम्रो आर्थिक आधार बन्नेछ । यो सरकार र जनता दुबैका लागि हितकर पनि हुनेछ । त्यसैले समृद्ध नेपाल निर्माणका लागि व्यापक पर्यटनको संभावनाहरुलाई अधिकतम् सदुपयोग गर्न जरुरी छ । त्यसले अन्तराष्ट्रिय पर्यटन विकासमा टेवा पुगोस् । अनि मात्र नेपालले पनि पर्यटन विकासको अधिकतम् लाभ लिन सक्नेछ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू