शनिबार, मंसिर २०, २०७७
अन्तर्वार्ता राजनीति विचार

वि.पि.कोइरालाको स्मृतिमा छचल्किएका भावहरु

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (विपि) कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिनु भएको थियो । जननिर्वाचित सरकारले दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो । ८ वर्ष लामो निर्वासित जीवन पछि विदेशमा बसेर स्वदेशको प्रजातन्त्र पूर्नस्थापनाका लागि लढ्दा राष्ट्रियता कमजोर हुनसक्ने र अपमान सहनु पर्ने विश्लेषण गरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति बोकेर नेपाल फकर्नु भयो । पछि उहाँ विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको थियो । उहाँले प्रवद्र्धन गर्नुभएको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति लिई स्वदेश फर्कनु भएको थियो । त्यो साहसिक कदमलाई विपिको राष्ट्रियताप्रतिको समर्पण र लोकतान्त्रिक समाजवाद प्रतिको अटल निष्ठाको उदाहरणीय कदम मानिन्छ । स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल जेलमा पु¥याइएको थियो । विपि भन्नुहुन्थ्यो जब आफूभित्र संकट आउँछ देशको माटो छुनु भन्नुहुन्थ्यो । देशको माटो छोएर जनताको सेवा गर्ने प्रतिवद्धता अब सबै नेपाली कांग्रेसका कार्यकर्ताहरुले गर्न जरुरी छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । अहिले उहाँको ३८ औं स्मृतिदिवस हामीले मनाउँदै गर्दा विपिले देखाएको त्याग र निष्ठाको मार्गलाई नेता कार्यकर्ता सबैले अबलम्बन गर्न सके काँग्रेसलाई मात्र नभएर देशले सही दिशा पाउँछ । विपि कोईरालाले देश र नेपाली कांग्रेसलाई धेरै योगदान गर्नु भएको छ । देश र जनताका लागि जीवनभर संघर्ष गर्नुभयो । उहाँको योगदानको कदर शब्दमा मात्र होईन व्यवहारमै हुनु पर्छ ।


अहिले उहाँको ३८ औं स्मृतिदिवस हामीले मनाउँदै गर्दा विपिले देखाएको त्याग र निष्ठाको मार्गलाई नेता कार्यकर्ता सबैले अबलम्बन गर्न सके काँग्रेसलाई मात्र नभएर देशले सही दिशा पाउँछ । विपि कोईरालाले देश र नेपाली कांग्रेसलाई धेरै योगदान गर्नु भएको छ । देश र जनताका लागि जीवनभर संघर्ष गर्नुभयो । उहाँको योगदानको कदर शब्दमा मात्र होईन व्यवहारमै हुनु पर्छ । 


अहिले हामीले ३८ औं विपि स्मृति दिवस मनाउँदै गर्दा हामीले पार्टिको भविष्यको लागि गहन समिक्षा गर्न आवश्यक छ । राजनीतिमा कहिलेकाँही जनमत बढ्नु, घट्नु नौलो कुरा होइन तर सांगठनिक र वैचारिक रुपमा कमजोर बन्ने स्थिती निर्माण हुनु पार्टिको भविष्य तथा लाखौ जनता, पार्टिका कार्यकर्ताको लागि विडम्बना नै हुनेछ । नेपाली कांग्रेसको इतिहासलाई हेर्ने हो भनें पार्टिमा जब जब वैचारिक प्रधानता कमजोर हुँदै गएको छ, तब क्रमिक रुपमा वैचारिक विखण्डन बढ्दै गएको देखिन्छ । सिद्धान्त निष्ठा र आदर्शले भरीएको पार्टि संस्थागत नेताहरुको अनुपस्थिती पछि विस्तारै कमजोर हुँदै गयो । नेतृत्व हत्याउन व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने प्रचलनले पार्टिको वैचारिक र संगठनात्मक पद्धती खुकुलो हुँदै गयो । महामानव विपि कोईराला, लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, शान्त छविका नेता सुवर्णशमसेरले कांग्रेसलाई जनताको जीवनसँग जोडेर जनताको पार्टि बनाउनु भयो । नयाँ संविधानका पिता सुशिल कोइराला र दोश्रो जनआन्दोलनका कमाण्डर गीरिजाप्रसाद कोईरालाले पनि संक्रमणकालीन राजनीतिलाई सफल नेतृत्व दिएर नेपाली कांग्रेको ऐतिहासिक भूमिका उचो बनाउनु भयो । तर अहिले पार्टि नेतृत्वले उहाँहरुको विरासतलाई धानेर अगाडी बढ्न सकेको जस्तो देखिंदैन । आन्तरिक अन्र्तद्वन्द्वमा पाटी फसिरहँदा सत्तासिन पार्टिले मनपरी गर्ने अवसर पाएको छ । कांग्रेसले धेरै कठिनतापूर्वक प्रतिपक्षिको उपस्थिती देखाउनु पर्ने अवस्था सिर्जना भईसकेको छ । त्यसैले नेपाली कांग्रेसले आफ्नो वैचारिक पक्ष र सांगठनिक पक्षलाई सुदृढ गरी जनतासमक्ष बलियो राजनीतिक शक्तिको रुपमा पेश हुन जरुरी छ । राजनीतिक गुट उपगुटको भागबण्डा भन्दा माथी उठ्न जरुरी छ ।

जनतामा कांग्रेसप्रति अझै विश्वास छ । त्यसलाई नेतृत्वले क्यास गर्न जरुरी छ । राजनीतिक इमान्दारिता कांग्रेसको बल हो । लोकतान्त्रिक समाजवादकै सेरोफेरोमा कांग्रेसको नीति, सिद्धान्त, आदर्श र लक्ष्य परिलक्षित छन् । नेपाली कांग्रेसले राणा, पञ्चायत र संवैधानिक राजतन्त्रको नाममा लादीएका निरंकुशतासँग लडेर जनताको व्यवस्था कायम गरेर जनताको मन जितेको छ । त्यसलाई जनताले भुलेका छैनन् र कहिल्यै भुल्दैनन् तर विपिको लोकतान्त्रिक समाजवादलाई भुल्ने नेतृत्व विकासहुँदै जाँदा पार्टि कमजोर भईरहेको यथार्थ पनि घाम जत्तिकै छर्लङ्ग छ । कांग्रेसले बोकेको विचार, आदर्श, निष्ठाले नेपालको राजनीति दशकौं प्रभावित भईरह्यो । नेपाली कांग्रेसकै नेतृत्वमा देशको राजनीतिक पटकपटक बदलियो तर जनताको अवस्था बदल्न पार्टि पटक पटक सरकारमा गएर पनि चुक्यो । निश्वार्थ राजनीति गर्ने महान नेताहरुको अनुपस्थिती पछि नेपाली कांग्रेसका विरासत धान्नु पर्ने नेताहरुले राजनीतिक दायित्व भुले र सक्तासंघर्षमा डुबे । फलस्वरुप जनताको निस्वार्थ सेवा गर्ने अवसरबाट पार्टि चुक्यो । कमजोरीलाई सुधार गर्दै अगाडी बढ्नु नै बुद्धिमानी कार्य हो । त्यसैले विपिले देखाउनु भएको बाटोमा देश र जनताको हितमा काम गर्ने उत्साहका साथ कांग्रेस एकताबद्ध भएर अगाडी बढ्न जरुरी छ । कांग्रेस नेपाली जनताको पार्टि भएकोले जनताले पटक पटक नेपाली कांग्रेसलाई माया गर्दै आएका छन् र फेरी पनि माया गर्छन् । जनताको अपार माया पाउने दृढसंकल्पका साथ पार्टी अगाडी बढोस् । नेता कार्यकर्ताले जनताको मायालाई संगाल्ने प्रतिवद्धता र विश्वास जगाउन् । विपिको विचारले अनुप्राणित नेपाली कांग्रेस विपि जस्तै जनताको मनमा अमिट भएर रहिरहने छ । यहि नै महामानव विपि कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू