आइतवार, मंसिर २१, २०७७
धर्म-दर्शन धर्मविशेष प्रमुख समाचार विश्व

मोदीबाट श्रीराम मन्दिर निर्माणका लागि ऐतिहासिक भूमि पूजा सम्पन्न

साउन २१, काठमाडौं । अयोध्यामा भगवान रामको मन्दिर निर्माणका लागि ऐतिहासिक भूमि पूजा सम्पन्न भएको छ । भगवान रामको मन्दिर निर्माणका लागि भूमि पूजा गरेका भारतीय प्रधानमन्त्री मोदीले मन्दिर निर्माणका लागि आधारशिला राखेका छन् ।

भूमि पूजा पछि भारतका राष्ट्रपति रामनाथ कोविन्दले राम मन्दिर निर्माणको शुभारम्भ भएकोमा उपस्थित सबैलाई बधाई दिएका थिए ।

भूमि पूजा पछि सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री मोदीले राम मन्दिर राष्ट्रिय एकताको प्रतिक भएको बताए । मोदीले भूमि पूजा पछि अब निर्माणको समय भएको मा जोड दिनु हुँदै अब बन्ने राम मन्दिरले विश्व मानव समुदायलाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।

भूमि पूजा पछि राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतले संकल्प पुरा भएकोमा आज आनन्दको क्षण भएको बताए ।

उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्य नाथले ५ सय वर्ष पछाडी १३५ करोड भारतीयको संकल्प पुरा भएको बताए । मध्यप्रदेशका मुख्य मन्त्री शिवराज सिंह चौहानले ट्विट गरी ५०० वर्ष पहिले शुरु भएको महायज्ञको आज पूर्णाहुति हुन लागेको भन्दै प्रधानमन्त्री मोदीको दृढ इच्छाशक्ति र संकल्पशक्तिको प्रसंशा गरेका छन् ।

दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले पनि बिहान ट्विट मार्फत भूमि पूजनको अवसरमा बधाई दिएका थिए ।
भारतमा राम मन्दिर निर्माणको उद्घाटनलाई उत्सुकताका साथ हेरिएको छ । धार्मिक जनहरु रामको भजनकिर्तन गरिरहेका छन् ।

साधुसन्तहरु रामको महिमा गाउँदै पूजा अर्चना गरिरहेका छन् । आज भारत, नेपाल लगायत विश्वभरी रामभक्तहरुले दीपप्रज्वलन गरी अयोध्यामा राम मन्दिर निर्माण कार्यलाई उत्सवको रुपमा मनाउदै छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू