शनिबार, मंसिर २०, २०७७
प्रमुख समाचार विचार

ठोरीको अध्ययन अनुसन्धान भन्दा राम मन्दिर छिटो बनाउन प्रधानमन्त्रीको जोड

साउन २५, काठमाडौं । रामजन्मभूमि अयोध्या नेपालमै पर्छ भनेर अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीले त्यसको अध्ययन,  अनुसन्धानमा खासै चासो दिएका छैनन् ।

प्राज्ञिक क्षेत्रबाट प्रमाणविना देशको प्रधानमन्त्रीले हचुवाको भरमा बोल्न नहुने प्रतिक्रिया दिएपछि प्रधानमन्त्री निकटका व्यक्तिहरु प्रधानमन्त्रीको बचाउमा अनेक हथकण्डा अपनाउन थालेका छन् । त्यसैको परिणतीको रुपमा प्रधानमन्त्रीको पछिल्ला अभिव्यक्तिलाई लिन सकिन्छ । नत्र भनें प्रधानमन्त्रीले किन ठोरी रामजन्मभूमि भए, नभएको पत्ता लगाउन विज्ञ समिति गठन गरेनन् ? स्वाभाविकरुपमा प्रश्न उड्छ । अर्कोतर्फ प्रधानमन्त्रीले विज्ञहरुलाई सम्बोधन गरेर न त ठोस आधारबारे केही बताएका छन् । यस्तो सर्न्दर्भमा प्रधानमन्त्री माथी प्रश्न चिन्ह सोझिनु स्वाभाविक छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिसँग दुई घण्टा लामो छलफल गरे । उनले अध्ययन अनुसन्धानबारे जोड दिनुको सट्टामा ‘शास्त्रीय उत्खनन्’लाई नै आधार मानेर अब मन्दिर निर्माणतर्फ ध्यान दिने मनसाय देखाए ।बैठकमा ओलीले सुरुमा नै अयोध्यापुरीमा भव्य मन्दिर बनाउने विषयमा तयारी थाल्न सुझाव दिएका थिए ।

बैठकमा  विना प्रमाण भगवान रामको जन्मस्थान ठोरी नै भएकोले शंका नगर्न पनि प्रधानमन्त्रीले आग्रह गरे । बैठकमा सहभागी सदस्यका अनुसार प्रधानमन्त्री ओलीले ‘कुटीजस्तो सानोतिनो मन्दिर बनाउने हो भने त्यसमा मेरो सहमति छैन । भव्य मन्दिर बनाउने हो भने मैले सकेको सहयोग गर्छु, सरकारले सहयोग गर्छ ’ समेत भनें ।

बैठकमा प्रधानमन्त्रीले देवघाटसम्मलाई समेटेर विशाल धार्मिक महत्वको क्षेत्र बनाउने गरी योजना बनाउन स्थानीय प्रतिनिधिलाई सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर कुटनीतिक कमजोरी समेतको आरोप लागे पछि आफ्नो बचाउमा प्रधानमन्त्री ओलीले माडी नगरपालिकाका जनप्रतिनिधिसँग दुई घण्टा लामो छलफल गरेका पनि हुन सक्छ । प्रधानमन्त्रीले देशको नेतृत्व गदैृ हचुवामा कुरा राख्नुको सट्टामा स-प्रमाण विज्ञ सहितको उपस्थितीमा आफ्ना विचारहरु राख्न सकेको भए आज यस्तो विवादको सिर्जना हुने थिएन ।

प्रधानमन्त्रीको अभिव्यक्ति पछि नेपाल र भारत सरकारका बिचमा मात्र होइन जनस्तरमै सम्वन्ध चिसिन सक्छ भन्नेतर्फ प्रधानमन्त्रीको ध्यान गएको देखिएन । धार्मिकता जस्तो संवेदनशील विषयलाई हल्का ढंगले उठाउँदा त्यसको प्रभाव प्रधानमन्त्री र उनकै पार्टी नेकपा लगायतले समेत भोलीका दिनमा अपजसको भारी बोक्न पर्ने पनि हुन सक्छ भन्ने तर्फ ध्यान जानु जरुरी छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू