शनिबार, मंसिर २०, २०७७
प्रमुख समाचार समसामयिक

कोरोना भगाउने भन्दै प्रार्थना गराउने इशाई धर्म प्रचारकको मृत्यु

साउन २५, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्ति सच्चाई कार्यक्रम चलाउने इशाई धर्म प्रचारकको खुलेको छ । उनी पोखरा लामाचौरमा रहेको स्थानीय ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’का प्रमुख समेत हुन् । कोरोना संक्रमण पुष्टि हुनुभन्दा केही दिनअघि पनि उनले घरमै ‘सच्चाई कार्यक्रम’ गर्दै आएका थिए ।

रुघाखोकी लागेर साउन १६ गते पोखराको ओम अस्पताल र पश्चिमाञ्चल क्षेत्त्रीय अस्पताल पुगेका उनलाई कोरोना संक्रमण भएको साउन १७ गते पुष्टि भएको थियो ।

उनको सम्पर्कमा आएका ६७ जनाको स्वाब परीक्षण गरिएको थियो, जसमा ६ जनामा कोरोना संक्रमण पुष्टि र्भइसकेको छ भनें अरुको पनि खोजी गरी स्वाब परीक्षण गर्ने प्रक्रिया चलिरहेको छ । स्थानीयहरुका अनुसार उनले कोरोना भगाउने तागत छ भन्दै लकडाउनको समयमा पनि घरमै बोलाएर सच्चाईको कार्यक्रम गर्दथे ।

कोरोना संक्रमण भई उनको मृत्यु भएपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको समाचार प्राप्त भएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू