आइतवार, मंसिर २१, २०७७
प्रमुख समाचार समसामयिक

हवाई उडान र लामो दूरीका सवारी साधन खुल्ने मिति अनिश्चित

साउन २६, काठमाडौं । भदौ १ गतेबाट खुल्ने भनिएको हवाई उडान र लामो दूरीका सवारी साधन अब भदौ १५ अगाडी नखुल्ने भएका छन् । कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले हवाई उडान र लामो दूरीका सवारी साधन सञ्चालन तत्काल नगर्न सरकारसँग सिफारिस गरेको छ ।

सिसिएमसीको आइतबार बसेको बैठकले भदौ १५ अगाडि हवाई उडान र लामो दूरीका सवारी साधन नखोल्ने निर्णय गरेको हो। उक्त सिफारिस सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुने र यसबारे उक्त बैठकले अन्तिम निर्णय गर्ने छ।

सोही बैठकले चार महिना लामो लकडाउन पनि साउन ६ गते मध्यरातबाट लागु हुने गरि अन्त्य गरेको थियो। सीसिएमसी बैठकले भदौ १ गतेबाट खुल्ने भनिएका यी क्षेत्र १५ दिनपछि सन्चालनमा ल्याउन सिफारिस गरेको छ । साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि हवाई उडान र लामो दुरीका सवारी सन्चालन गर्ने निर्णय गरेको थियो।

सिसिएमसीको नयाँ सिफरिससँगै भदौ १ गतेबाट खुल्ने भनिएका हवाई उडान र लामो दूरीका सवारी साधन खुल्ने मिति अनिश्चित भएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू