आइतवार, मंसिर २१, २०७७
प्रमुख समाचार संघीय खबर स्वास्थ्य

मङ्गलबार १ हजार १६ कोरोना संक्रमित पुष्टि, मृत्यु हुनेको सङ्ख्या ११४ पुग्यो

भदौ २, काठमाडौं । कोरोना भाइरसका एक हजार १६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षणबाट सो सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार २५७ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू दश हजार ५६३ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ९२६ रहेका छन् ।

आइसीयूमा रहेर उपचार भइरहेका सङ्क्रमितहरू प्रदेश १ मा चारजना, प्रदेश २ मा ४९, वागमती प्रदेशमा ५२, गण्डकीमा ६, प्रदेश ५ मा १० रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि आइसीयूमा नरहेको उहाँले जानकारी दिनुभयो ।

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू