शुक्रबार, मंसिर १९, २०७७
अर्थवाणिज्य प्रमुख समाचार

एटीएमबाट मासिक ४ लाख मात्र निकाल्न पाइने

भदौ १५, काठमाडौं।राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको एकीकृत निर्देशन अनुसार ग्राहकले एटीएम कार्डबाट मासिक ४ लाख रुपैयाँभन्दा बढी रकम निकाल्न नपाउने भएका छन्। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको हो।

राष्ट्र बैंक स्रोतका अनुसार एटीएमबाट धेरै रकम बाहिरिएको सूचनाका आधारमा मासिक सीमा तोकिएको हो।यसअघि एटीएमबाट हुने प्रतिपटक र दैनिक कारोबारका लागि मात्र सीमा तोकिएको थियो।

यसअघि एटीएम कारोबारमा प्रतिपटक बढीमा २५ हजार र दैनिक एक लाख रुपैयाँसम्म मात्र झिक्न पाइन्थ्यो। उक्त व्यवस्थासँगै राष्ट्र बैंकले मासिक ४ लाख रुपैयाँभन्दा बढी निकाल्न नपाइने व्यवस्था थपेको हो। कोभिड-१९ को जोखिम उच्च रहेको भन्दै बैंक तथा वित्तीय संस्थामा भीड नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

यही कारण गत चैतमा राष्ट्रव्यापी रूपमा लकडाउन गर्दा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम कारोबार निःशुल्क गरेका थिए। यसको उद्देश्य नगद झिक्नकै लागि ग्राहक बैंकसम्म पुग्नु नपरोस्, जुनसुकै एटीएमबाट पनि पैसा निकाल्दा शुल्क नलागोस् भन्ने थियो। यही कारण पछिल्लो ५ महिनामा एटीएम कारोबार उल्लेख्य बढेको छ। यही समयमा राष्ट्र बैंकले एटीएमको मासिक कारोबारमा सीमा तोकेको हो।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”