आइतवार, मंसिर १४, २०७७
प्रमुख समाचार समसामयिक

आज ललितपुरमा कर्फ्यु

भदौ १९, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनोहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ ।

रातो मत्स्येन्द्रनाथको जात्रा स्थगन गर्ने निर्णयविपरीत शान्तिसुरक्षा र जनस्वास्थ्यमा खलल पुर्‍याउने कार्य हुन खोजेको भन्दै त्यसलाई रोक्न कर्फ्यु आदेश जारी गरिएको हो।

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनका अनुसार स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस भन्नको लागि आफूहरुले कर्फ्यु लगाउने निर्णय गरेको जानकारी दिए ।

रातो मच्छिन्द्रनाथको रथ तान्न क्रममा बिहिबार दिउँसो स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा थुप्रै घाईते भएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”