शनिबार, मंसिर २०, २०७७
प्रमुख समाचार संघीय खबर

भालुवाङ बनाउने प्रस्तावमा मतदान गर्न नेकपाको ह्विप

बुटवललाई पर्यटकीय राजधानी बनाइने मुख्यमन्त्रीको आश्वासन, प्रदेशसभामा कांग्रेसको नाराबाजी

१९ असोज, काठमाडौं । पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा मतदान गर्न नेकपा संसदीय दलले ह्विप जारी गरेको छ । कडा सुरक्षा घेरामा बसेको संसदीय दलको बैठकमा बोल्दै मुख्यमन्त्री एव नेकपाका प्रदेश इन्चार्ज शंकर पोखरेलले अनिवार्य पक्षमा मत दिन सांसदलाई निर्देशन दिएका हुन् ।

यसैगरी प्रदेश सभामा नेपाली कांग्रेसले नाराबाजी गरेको छ । संसदीय मर्यादा कायम नभएको भन्दै नाराबाजी गरेको हो । राजधानी दाङ लैजानुको औचित्य पुष्टि गर्न आग्रह सरकारलाई आग्रह गरेको छ । प्रदेशसभामा राजधानी र नामांकरणसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै कांग्रेसले तानाशाही शैलीमा यो प्रस्ताव आएको भन्दै आपत्ती जनाएको हो ।

दलको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले आर्थिक, पर्यटकीय राजधानी रुपन्देही र प्रशासनिक राजधानी राप्ती भ्याली बनाइने योजना सुनाए । सांसदहरुले असहमतिका बीच पनि भालुवाङमा राजधानी बनाउने प्रस्तावमा मतदान गर्नेछन् ।

संसदको बैठक समेत केही बेरमा सुरु हुँदैछ । आजको बैठकमा सरकारको प्रस्तावमाथि छलफल सुरु हुनेछ । प्रस्तावलाई भोलि नै मतदानबाट टुंग्याउने योजना छ । नेकपाको ह्विपपछि राजधानी भालुवाङ तोकिने करिब निश्चित छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू