आइतवार, मंसिर २१, २०७७
प्रमुख समाचार राजनीति संघीय खबर

प्रदेश ५ को राजधानी दाङको ‘भालुवाङ’ र नाम ‘लुम्बिनी’ घोषणा

असोज २०, काठमाडौं । प्रदेश ५ को राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ घोषणा भएको छ भनें प्रदेशको नाम लुम्बिनी पारित भएको छ । प्रदेश नं. ५ प्रदेश सभाको आजको वैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो ।

सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस भनी गत शुक्रवार प्रदेश सभामा प्रस्ताव गरेको थियो ।
प्रदेश सरकारको प्रस्तावमा आज मतदान हुँदा प्रस्तावका पक्षमा ६९ मत परेको छ । दुईतिहाईका लागि ५८ मत आवश्यक पर्छ । त्यस्तै नाममा ७८ मत पक्षमा र ४ मत विपक्षमा परेकाे छ ।

सभामुख पूर्णवहादुर घर्तीले दुईतिहाई बहुमतले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकाको भालुवाङ क्षेत्र घोषणा गर्नुभयो ।
राजधानी देउखुरीकाे प्रस्तावको पक्षमा ६९ र विपक्षमा जम्मा १३ मत खसेको थियो भने ५ सांसद अनुपस्थित हुनुभयो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू