शनिबार, मंसिर २०, २०७७
अर्थवाणिज्य प्रमुख समाचार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको मनोनयन दर्ता

Federation of Nepalese Chamber of Commerce & Industries, FNCCI

१७ कार्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्‍न चुनावमा वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष किशोर प्रधानले मनोनयन गर्दा गराएका छन् । प्रधानले प्यानलसहित नै आज दिउँसो महासंघ सचिवालयमा निर्वाचन समितिसमक्ष मनोनयन दर्ता गराएका हुन् । उनीसँगै उनको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योतिले मनोनयन दर्ता गराएका छन् ।

प्रधान समूहमा रहेका वस्तुगत तर्फका उपाध्यक्षका उमेदवार श्रेष्ठले वस्तुगततर्फको सदस्यहरु पनि घोषणा गरेका छन् । प्रधानको प्यानलबाट वस्तुगततर्फको सदस्यहरुमा अरनिको राजभण्डारी, अशोक शर्मा, विप्लवमान सिंह, विष्णु गैरे, दीपक दाहाल, गोविन्द ढुंगेल, माधवलाल श्रेष्ठ, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शकुन्तलाल हिराचन, सन्दीप अग्रवाल, शारदा रिजाल, शिवप्रसाद घिमिरे र सुनील गोपाल श्रेष्ठ छन् ।

यसैगरी एसोसिएट तर्फका सदस्यहरूमा विजयसिह वैद्य, रञ्‍जित आचार्य, कृष्ण दुलाल, राजेश अग्रवाल, साहिल अग्रवाल, आनन्द बगारीया, मंगेशलाल श्रेष्ठ, अशोक टिमानी, सुनीलनारायण श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, सन्दीप गाडिया, हेमन्त गोल्छा, शक्ति वेगानी र उदीप श्रेष्ठ छन् ।

यसअघि वरिष्ठ उपाध्यक्षका अर्का उमेदवार वर्तमान उपाध्यक्ष चन्द्र ढकालले पनि प्यानलसहित नै मनोनयन गर्दा गरिसकेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू