शनिबार, मंसिर २०, २०७७
प्रेरक व्यक्तित्व समाचार

कतारका राजकुमारसहितको टोली आमादब्लम हिमाल आरोहण गर्न आधारशिविरमा

१७ कार्तिक, काठमाडौं । सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुग्नुभएको छ । केही दिनअघि नेपाल आउनुभएका राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आमादब्लम हिमालको आधार शिविर पुगेको हो ।

विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको आरोहणको व्यस्थापक हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिनुभयो ।

राजकुमारसहितको टोली नेपाल आएपछि काठ्माडौँमा एक हप्ता क्वारेन्टिनमा बसेर हिमाल आरोहणका लागि दशैँको टीकाको दिन काठमाडौँबाट लुक्ला आएको थियो । टोलीमा राजकुमार अब्दुल्लासहित अमेरीकन, क्यानेडियन गरी छ जना विदेसी र ११ जना नेपाली गरी १६ जना छन् । जसमा छ जना विदेसी र ११ जना नेपालीले हिमाल आरोहण गर्ने छन् ।

कोरोना कहरले थलिएका बेला यो सन् २०२० को तेस्रो आरोहण टोली हो । यस अघि बहराइनको राजकुमार र तीन जना नेपालीको टाली गरी दुई समूहले लुबुचे हिमालको सफल आरोहण गरिसकेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू