आइतवार, मंसिर २१, २०७७
प्रमुख समाचार विश्व

नवनिर्वाचित अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको बधाई

२३ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जे वाइडन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल ट्वीट मार्फत प्रधानमन्त्री ओलीले दुवैलाई आइतबार बधाई दिएका हुन् ।

ट्वीटमा प्रधानमन्त्री ओलीले “सानदार र ऐतिहासिक विजयका लागि तपाईहरुलाई बधाई छ, नयाँ नेतृत्वसँग नजिकबाट दुई देशको दुईपक्षीय हितका लागि काम गर्न आशा व्यक्त गर्दछु ।” भनेका छन् । हिजो सार्वजनिक भएको परिणामअनुसार रिपब्लिकनका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्रेटिक उम्मेदवार वाइडनले पराजित गर्नुभएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू