शनिबार, मंसिर २०, २०७७
कुटनीति प्रमुख समाचार विश्व

भारत सरकारबाट नेपाललाई २८ वटा भेन्टिलेटर सहयोग

२३ कार्तिक, काठमाडौं । भारत सरकारले नेपाललाई २८ वटा भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरे ।
भारतीय सरकार र भारतीय जनताले नेपाललाई गर्ने सहयोग सकारात्मक सहकार्यको भावना भएको उनले बताए ।

भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एक अर्काको आवश्यता रहेको बताए । कोभिड संक्रणको सुर भएदेखि नै दुबै देशले एक अर्कोलाई सहयोग गर्दै आएको र भोलीका दिनमा पनि सहयोग जारी रहने उनले बताए ।
स्वास्थ्यमन्त्री ढकालले आफु अफ्ठ्यारोमा भएपनि विगत देखि नै सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गरे ।

अहिले नेपाल भारत लगायत विश्वभरी नै कोरोना महामारीको संक्रमण बढ्दो छ । नेपालमा पनि दैनिक सयौँ जनालाई संक्रमण भइरहेको छ । अहिलेसम्मको तथ्याङ्क अनुसार १ लाख ९१ हजार ६ सय ३६ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार आजसम्म नेपालमा १ हजार ८७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू