आइतवार, मंसिर १४, २०७७
प्रमुख समाचार राजनीति

नेकपा सचिवालयमा र्दुइ अध्यक्षको पत्र बाँडियो, पार्टी विभाजन तर्फ अगाडी बढ्यो

२९ कार्तिक, काठमाडौं । नेकपाको शुक्रबारको सचिवालय बैठकमा पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आदानप्रदान भएका पत्र अध्ययनका लागि सचिवालय सदस्यलाई बाँडिएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार कात्तिक २२ गते कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच सदस्यले प्रधानमन्त्रीलाई बुझाएको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र, पुनः प्रचण्डले ओलीलाई दिएको जवाफी पत्र सचिवालय सदस्यलाई बाँडिएको छ।

त्यसैगरी पार्टी संकट र यसको निवारणका लागि प्रचण्डले तयार पारेको प्रस्ताव र पार्टी स्थायी कमिटी बैठकपछि जारी भएको अन्तरपार्टी निर्देशिका समेत अध्ययनका लागि सबै सचिवालय सदस्यलाई दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

नेकपामा अध्यक्षहरु बीचको विवाद घट्नुको सट्टामा बढ्दै पत्राचार मार्फ आरोप प्रत्यारोपको तहसम्म पुगे पछि पार्टी विभाजन तर्फ उन्मुख देखिएको नेकपाका नेताहरुले बताउन थालेका छन् । प्रधानमन्त्रीको स्वेच्छाचारी शैली प्रति वरिष्ट नेताहरु एक ठाउँमा आएर सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्रीले कार्यशैली नसच्चाए उनलाई प्रधानमन्त्री वा अध्यक्ष मम्ध्ये एकबाट हटाउने प्रक्रिया शुरु हुन सक्ने र त्यो स्थितीमा नेकपा विभाजन हुने विश्लेषकहरुले बताएका छन् ।

नेकपामा अहिले देखिएको विवाद गहिरो र असरदार समेत हुन सक्ने छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”