शुक्रबार, मंसिर १९, २०७७
राजनीति समाचार

सुनिल थापा कांग्रेस सहमहामन्त्री नियुक्त, थप ६ जना नेता केन्द्रीय सदस्य

२९ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनील थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पूर्वसहमतिअनुसार थापालाई उक्त जिम्मेवारी दिएको हो।

कांग्रेस उनीसँगै आएक अरु ६ जना नेताहरुलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

केन्द्रीय सदस्य हुनेहरुमा रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी, टिएन योगी, दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंह छन्।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”