आइतवार, मंसिर १४, २०७७
प्रमुख समाचार राजनीति

नेकपाको विवाद चरम सिमामा, सचिवालय बैठक र मन्त्री परिषद्को बैठक एउटै समयमा

३ मङि्सर, काटमाडौं । नेकपाको विवाद चरम सिमामा पुगेको छ ।  पूर्व निर्धारित सचिवालय बैठकसँय समय जुध्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बालुवाटारमा आज दिउँसो एक बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सत्तारूढ दल नेकपाले बुधबार दिउँसो सचिवालय बैठक तय भएको समयमा नै नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले मन्त्री परिषद् बैठक बोलाएका हुन् ।

कात्तिक २८ गतेको सचिवालय बैठकले आज एक बजे बालुवाटारमा बैठक बस्ने निर्णय गरेको थियो । आजका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न ओलीले गरेको प्रस्तावमा अर्का अध्यक्ष दाहालले सहमति नजनाएपछि परिस्थिति थप बिग्रिएको छ । बालुवाटारमा सचिवालय बैठक र मन्त्री परिषद्को बैठक एउटै समयमा बोलाएपछि नेकपा भित्र विवाद झन् बढेको छ ।

उसै बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सचिवालय बैठक र मन्त्री परिषद्को बैठक एउटै समयमा बोलाएपछि संभावित दुर्घटना तर्फ संकेत गर्दै आज बिहान फेसबुक स्टाटस लेखेको कतिपयले आशंका गरेका छन् । उनले फेशबुकमा ‘सर्वाधिक कठिन समय १’ उल्लेख गरेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”