आइतवार, मंसिर १४, २०७७
प्रमुख समाचार राजनीति राष्ट्रिय

प्रचण्ड-नेपाल समूहले बालुवाटार ठाउँ नपाए धुम्बाराहीमा सचिवालय वैठक गर्ने

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश’ ले पार्टीको सचिवालय बैठक पूर्व निर्धारित समयमा नै बस्ने बताएका छन् । उनले बैठक आज अपरान्ह १ बजे बालुवाटारमा बस्ने तय गरिएको भन्दै ट्वीट गरेका छन् ।

३ मङि्सर, काटमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा केन्द्रीय सचिवालय बैठक बस्ने समयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएपछि सचिवालय बैठक गर्ने अडानमा रहेका प्रचण्ड-नेपाल समूहका सदस्यहरुले सचिवालय वैठकको लागि आन्तरिक तयारी गरिरहेका छन् ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टीको सचिवालय बैठक पूर्व निर्धारित समयमा नै बस्ने बताएका छन् । उनले बैठक आज अपरान्ह १ बजे बालुवाटारमा बस्ने तय गरिएको भन्दै ट्वीट गरेका छन् ।

मगंलबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको पृष्ठभूमिमा ओलीले सचिवालय बैठकको समय बाझिने गरी मन्त्रिपरिषद् बैठक बोलाउनुको कारण के हो ? भन्नेमा उनीहरुले तीव्र खोजी समेत गर्न थालेका छन् ।

नेकपाको संकटग्रस्त राजनीतिले मुलुकमा अब के हुने हो भन्नेमा अनेक अड्कलबाजी भइरहेका बेला ओलीले आफै सामेल भएर सचिवालय बैठकबाट गराएको निर्णय अनुसार बसाल्न लागिएको सचिवालय बैठकको समय बाझिने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउने निर्णय गरे पछि नेकपाको विवाद चुलिएको छ ।

अर्कोतिर मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएपछि प्रचण्ड-नेपाल समूह एकाएक तनावमा परेको बताइएको छ भनें प्रचण्ड-नेपाल समूहले बालुवाटार ठाउँ नपाए धुम्बाराहीमा सचिवालय वैठक गर्ने समेत बताएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”