शुक्रबार, मंसिर १९, २०७७
प्रमुख समाचार समाज र संस्कृति

कोरोनाले छठ घाटको रौनक घट्यो

काठमाडौंमा_छठ पुजा_२०७३

४ मंसिर, काठमाडौं । तिहारलगत्तै सुरु हुने छठ पूजाको तयारीका लागि खोला, नहर र पोखरी सिँगार्ने काम सुरु हुने गर्छ । तर यो वर्ष कोरोनाको कारणले छठ सुरु भइसके पनि विराटनगरका घाटहरु सुनसान छन् । त्यसैगरी वीरगञ्जका घाटहरु पनि सुनसान रहेका समाचारहरु आइका छन् ।

कोरोना संक्रमणको जोखिम रहेकाले श्रद्धालु भक्तहरुले घरमै पूजाको तयारी गरिरहेका छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि सुरक्षित रुपमा चाडपर्व मनाउन अनुरोध गरेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार सर्वसाधारणले घरमै बसेर छठ मनाउने तयारी गरेका छन् ।

यसै गरी वीरगञ्जमा स्थानीय निकायले छठ घाटमा मास्क वितरण गर्ने अभियान पनि शुरु गरेका छन् । ब्रतालुहरुलाई अनिवार्य मास्क लगाएर आउन अनुरोध पनि गरिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”