शुक्रबार, मंसिर १९, २०७७
राष्ट्रिय समाचार

नीति अनुसन्धान प्रतिष्ठान नेपालको छैठौँ साधारणसभा सम्पन्न

मंसिर ५, काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान नेपालको छैठौँ साधारणसभा सम्पन्न भएको छ ।

प्रतिष्ठानले स्थापनाकालदेखि राष्ट्रिय नीति निर्माण तहमा सहयोग पुग्ने कार्यक्रमहरु आयोजना गर्दै आएको बताउनु हुँदै अध्यक्ष नारायण ढकालले यस वर्ष भने कोभिडका कारण केही कार्यक्रमहरु प्रभावित भएको बताउँनुभयो ।

यसैगरी प्रतिष्ठानका निर्देशक डा. दीपक कुमार अधिकारीले नेपालकाे राष्ट्रिय नीति निर्माणमा नागरिक स्तरबाट सहयोग पुर्याउन जरुरी रहेकोमा जोड दिनु भयो ।

साधारणसभामा प्रतिष्ठानका सदस्यहरु, विभिन्न प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरु तथा सञ्चार माध्यमका प्रतिनिधि सहभागी थिए ।

साधारणसभाबाट वार्षिक प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन पारित गरिएको थियो । प्रतिष्ठानले नेपालको नीति निर्माणका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरु गर्दै आएको छ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”