बुधबार, माघ १४, २०७७
प्रमुख समाचार विकास

डडेल्धुरामा विकासका लागि युवाद्वारा सिप विकास केन्द्र स्थापना

१२ मंसिर, काठमाडौं । सेवा र विकासका लागि युवाद्वारा डडेल्धुरामा सञ्चालित सीप विकास केन्द्रकाे आज एक समाराेहका साथ समुद्घाटन भएकाे छ । माननिय न्यायाधीश हरि प्रसाद पङगेनी ज्युकाे प्रमुख आतिथ्यमा उद्वघाटन भएको उत्त कार्यक्रममा हिन्दु स्वयं सेवक संघका राष्ट्रिय प्रचार प्रमुख दीपककुमार अधिकारी, सह कार्यवाह हर्केश विष्ट, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल प्रदेश सभाका सदस्यजीहरू, पतञ्जली याेगका प्रदेश प्रमुख गाेविन्द खडायत, सेवा र विकासका लागि युवाका सचिव विपिन कण्डेल, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाजका अधिकारी र डडेल्धुराका सामाजिक व्यक्तिहरू र युवाहरूकाे सहभागिता रहेकाे थियाे ।

युवाहरु लाई सिप सिकाई दक्ष बनाउन सिप विकास केन्द्रको स्थापना गरिएको छ । केन्द्रले पहिलो चरणमा आधारभुत कम्प्युटर तालिम सिकाउन थालेको छ । सेवा र विकासका लागी युवाहरु द्धारा सिप विकास केन्द्र स्थापना गरिएको हो ।

सिप विकास केन्द्रले संस्कार, सीप र समृद्धिका लागी तालिम सञ्चालन गरेको जनाएको छ । शुक्रबार जिल्ला सदरमुकाम तुफानडाँडामा केन्द्रको उद्घाटन गरिएको छ । युवाहरु लाई निःशुल्क रुपमा तिन महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन गरिएको छ । तालिममा ५० जना युवाहरु सहभागी छन ।

युवाहरुमा सीपको विकास हुन सकेको नसकेकाे र आवश्यक सिप नहुदा युवाहरु अदक्ष कामदारका रुपमा भारत लगायत विभिन्न तेस्रो मुलुकमा न्युन पारिश्रमिकमा काम गरिरहेका बाध्य भएका छन । युवाहरूमा सीपको विकास गरी दक्ष कामदारका रुपमा श्रम गर्ने लक्ष्यका साथ सीप विकास केन्द्रकाे सुरूवात भएको संस्थाले जनाएको छ ।

सिप सिकाई असल चरित्र व्यवहारमा ल्याउनु सिप विकास केन्द्रको मुख्य उद्देश्य रहेको नीति अनुसन्धान प्रतिष्ठानका निर्देशक तथा हिन्दु स्वयंसेवक संघका राष्ट्रिय प्रचार प्रमुख डा. दिपक कुमार अधिकारीले बताए । शुरुवातमा कम्प्युटर तालिम दिईदै छ । उनले भने- ‘निकट भविष्यमा युवाहरु लाई आवश्यक अन्य तालिमहरु प्रदान गरिने छन ।’

(कृष्णप्रसाद हुमागाई)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू