बुधबार, माघ १४, २०७७
कुटनीति समाचार

चिनियाँ रक्षामन्त्री वेई फेङ्हे आज आउँदै

१४ मंसिर, काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको एक वर्षपछि चीनबाट नेपालमा आइतबार अर्को उच्चस्तरीय भ्रमण हुँदै छ। नेपाल-चीनको ६५ औं कूटनीतिक सम्बन्ध वर्षगाँठको अवसर पारेर चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हे आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयले शनिबार बिहान विज्ञप्ति जारी गर्दै रक्षामन्त्री वेईले नेपालको एकदिने संक्षिप्त भ्रमण गर्ने सार्वजनिक गरेको थियो।

चिनियाँ राष्ट्रपति सीले सन् २०१९ अक्टोबर ९१२-१३० मा नेपाल भ्रमण गरेयता अन्य कुनै पनि उच्च चिनियाँ अधिकारीको नेपाल भ्रमण हुन सकेको थिएन। सीको भ्रमणलगत्तै कोभिड-१९ संक्रमण सुरु भएपछि अन्य मुलुकसँग जस्तै नेपाल र चीनबीचको उच्चस्तरीय भ्रमण, द्विपक्षीय कूटनीतिक वार्ता तथा दुईपक्षीय संयन्त्रहरूबीच प्रभावकारी रूपमा काम हुन सकेको छैन। आर्थिक, वाणिज्य-व्यापार, डिफेन्स सहकार्य र सहायता, उच्च तहमा भ्रमणको आदानप्रदान आदि सम्पूर्ण काम रोकिएको थियो।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू