१८ मंसिर, काठमाडौं । हुम्लाको सिमकोटस्थित विमानस्थलमा बिहीबार बिहानै लागलागी भएको छ । विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहानै अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नाउब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
हुम्ला सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको विमानस्थल क्वाटरमा लागेको आगो नियन्त्रणका लागि जिल्लास्थित नेपाल सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीय खटिएका छन् ।
आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा जानकारी भएको थियो ।
Add Comment