बुधबार, माघ १४, २०७७
राजनीति समाचार

पौडेलको गिरफ्तारीको विरोधमा नेविसंघबाट प्रदर्शन

१७ मंसिर, काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरिएको विरोधमा नेपाल विद्यार्थी संघले बुधबार साँझ काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । तनहुँको व्यास नगरपालिका एक पुलको उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै गिरफ्तार गरेको थियो ।

कांग्रेसले उनको गिरफ्तारीलाई सरकारको अधिनायकवादी चरित्रको प्रदर्शन भनेको छ । कांग्रेस सभापति शेर बहादुर देउवाले वरिष्ठ नेताको गिरफ्तारी प्रति प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी प्रश्न गरेका छन् । केही घन्टा नियन्त्रणमा लिएर साँझै पौडेललाई प्रहरीले रिहा गरेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू