बुधबार, माघ १४, २०७७
प्रमुख समाचार राजनीति संघीय खबर

प्रचण्ड-नेपाल समूहबाट अष्टलक्ष्मी वागमति प्रदेश दलको नेतामा चयन

१५ पुस, काठमाडौं। मुख्यमन्त्री समेत रहेका नेकपा संसदीय दलका नेता डोरमणि पौडेललाई हटाएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहले अष्टलक्ष्मी शाक्यलाई वागमति प्रदेशको संसदीय दलको नेता चयन गरेको छ । यससँगै नेकपाको विवाद कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर प्रदेश सभामा देखिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार बसेको बाग्मती प्रदेशका प्रचण्ड-नेपालपक्षीय सांसदहरूको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको हो । बाग्मती प्रदेशका ४५ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए । प्रचण्ड-नेपाल समूहले मंगलवार काठमाडौंमा आयोजना गरेको विरोध सभामा स्थायी कमिटी सदस्य योगेश भट्टराईले शाक्यलाई वागमति प्रदेशको भावी मुख्यमन्त्री भनेर सम्बोधन गरेका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू