१८ पुस, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् काठमाडौं महानगरकाे अभ्यास वर्ग लडबुद्व कलेजमा सम्पन्न भएको छ ।
विद्यार्थी परिषद् नेपाल काठमाडौंकाे आयोजनामा सम्पन्न अभ्यास वर्ग कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका प्रमुख डा. रामजि गौतम, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्ट, विद्यार्थी परिषद् व्यवस्था प्रमुख केशवराज पन्थि, बाग्मति प्रदेश सचिव कृष्ण प्रसाद हुमागाई, अतिथि शान्तराज केसी, विद्यार्थी परिषद् महानगर अध्यक्ष विनाेद अधिकारि, सचिव प्रतिक गाैतम साथै परिषद्का प्रमुख कार्यकर्ताहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
आज काठमाडौंकाे लडबुद्व कलेजमा कार्यक्रमकाे अनौपचारिक रूपमा उद्घाटन गरि परिषद्काे एक दिवसिय अभ्यास वर्ग प्रारम्भ भएकाे थियाे ।
कार्यक्रमकाे उद्वघाटन सत्रमा स्वागत मन्तव्य महानगर सचिवले गर्नु भएको थियोे भने विद्यार्थी परिषद्काे गतिविधिहरू, विद्यार्थी परिषद्काे विगतकाे कार्यक्रम र विद्यार्थी परिषद्ले कसरि काम गरिरहेकाे छ भन्ने कुराहरूकाे बारेमा परिषद् बाग्मति प्रदेश सचिव कृष्णप्रसाद हुमागाईले बताउनु भएको थियाे । साथै कार्यक्रममा चरिकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शान्तराम केसीले शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै पहिलाे चरणको कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रमकाे संचालन परिषद्का कार्यकर्ता तुलसिराम ओलीले गर्नु भएको थियाे ।
त्यसैगरि कार्यक्रमकाे दाेश्राे चरणमा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. रामजि गाैतमले विद्यार्थी परिषद्काे सैद्धान्तिक पक्ष र देशकाे समसामयिक परिस्थितिकाे बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनु हुँदै सचेत र देशकाे असल नागरिककाे रूपमा अगाडि बढनु पर्ने र राष्ट्र प्रथम भावले कुनै पनि दलकाे प्रभावमा नपरि स्वतन्त्र रूपमा देश र समाजकाे लागि काम गर्नकाे लागि युवालाई उत्प्रेरित गर्नु भएको थियोे ।
कार्यक्रममा परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले विद्यार्थी परिषद्काे कार्य पद्धति र साङगठनिक संरचनाको बारेमा विद्यार्थीहरूलाई प्रशिक्षण दिनु भएको थियोे ।
कार्यक्रमकाे अन्त्यमा परिषद्का राष्ट्रिय महासचिवले काठमाडौं जिल्ला टाेलि र महानगर कार्यकारिणी समितिकाे दायित्व घाेषण गरि सुस्मिता उपाध्यएकाे नेतृत्वमा महानगर समितिकाे पुनर गठन गरिएको थियोे । साथै दायित्व घाेषणा पश्चात् काठमाडौ महानगर समितिकाे बैठक बसि आगामी कार्यक्रमहरूकाे याेजना र आगामी बैठककाे तय गरि कार्यक्रम सम्पन्न भएको थियोे ।
Add Comment