बुधबार, माघ १४, २०७७
प्रमुख समाचार राजनीति विश्व

हिंसालाई बढावा दिने आशंका गर्दै ट्रम्पको ट्वीटर अकाउन्ट बन्द

२५ पुस, काठमाडौं । हिंसालाई बढावा दिने आशंका गर्दै ट्वीटरले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर अकाउन्ट बन्द गरेको छ । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ । हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै उनको अकाउन्ट बन्द गरिएको ट्वीटरले जनाएको छ ।

ट्वीटरले आफ्नो बयानमा भनेको छ, ‘राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरियो र ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो ।’

यसअघि ट्रम्पका समर्थकहरुले संसद भवनमा प्रवेश गरी आक्रमण गरेपछि ट्वीटरले ट्रम्पको अकाउन्टलाई १२ घण्टासम्मका लागि निलम्बन गरेको थियो । त्यतिबेलै ट्वीटरले यदि यस प्लाटफर्मको नियमलाई तोडेमा सधैंका लागि बन्देज लगाइने चेतावनी दिएको थियो ।

ट्रम्पले हिंसात्मक गतिविधि गर्ने आफ्ना समर्थकहरुलाई ‘देशभक्त’ भनेका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू