२७ पुस, काठमाडौं । २९९ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।
आज पुस २७ गते नेपाल एकिकरणका महानायक पृथ्वी नारायण शाहको २९९ औं पृथ्वीजयन्ती गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित नेपालय इंग्लिस पब्लिक स्कुलमा गोकर्णेश्वर एकता समाज लगायतका संस्थाहरुले संयुक्त रुपमा मनाएका हुन् ।
२९९ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा गोकर्णेश्वर एकता समाज, वेशी गाउँ महिला समुह, गोकर्णेश्वर एकता समाज, परिवर्तनशिल महिला समुह, उन्नति महिला समुह, छहारी युवा क्लब, वेशी गाउँ युवा समुह, नेपालय इंग्लिस पब्लिक स्कुलले संयुक्त रुपमा मनाए ।
कार्यक्रममा नेपालय इंग्लिस पब्लिक स्कुलक प्रवन्ध निर्देशक बुद्ध श्रेष्ठ र उन्नती महिला समुहकी तारा फुयाँलले बडामहाराजधिराज पृथ्वीनारायण शाहको योगदान बारे आफ्ना धारणा राखेका थिए ।
Add Comment