२८ पुस, काठमाडौं । लामा गुरु कोशिष लोब्साङ वाइबाको जन्मदिन पुजा पाठ सहित भव्य रुपमा मनाइएको छ ।
आज काठमाडौं स्वयंभू स्थित थेगसुम छोएग फेललिङ गुम्बामा लामा गुरु वाइबाको २९ औं जन्म दिन मनाइएको हो ।
अनलाइनबाट सम्भोटा लिपि सिक्ने प्रशिक्षार्थीहरुको पहल र व्यवस्थापनमा गुरुको जन्मदिन मनाइएको हो । जन्मदिन मनाउने क्रममा प्रशिक्षार्थी र लामा गुरुहरुले छेमाम्हे, बाधाविघ्न हटाउने प्रार्थना पाठ गर्नुका साथै गुरुको दिघार्यूको कामना गर्दै प्रज्ञा पारमिता पाठ गरिएको थियो ।
सो कार्यक्रममा लामा गुरु कोशिष लोब्साङ वाइबा र नेपाल बौद्ध ञङि्मा पल्यूल संघका महासचिव तथा तामाङ बौद्ध महासंघका संस्थापक उपाध्यक्ष आचार्य कर्म योञ्जनले सहभागिहरुलाई बुद्ध धर्म र ध्यानको महत्व बारे प्रवचन गर्नु भएको थियो ।
Add Comment