बिहिबार, फाल्गुन १३, २०७७
प्रमुख समाचार विश्व

भारत सरकारबाट नेपाललाई १० लाख डोज भ्याक्सिन सहयोग, पहिलो खेप भोली आइपुग्ने

७ माघ, काठमाडौँ । भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको १० लाख डोज कोभिड भ्याक्सिन बिहीबार काठमाडौँ आइपुग्ने भएको छ।भारत सरकारले नेपाललाई बुधबार १० लाख भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको हो।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपाललाई खोप उपलब्ध गराएकामा भारतलाई धन्यवाद दिएका छन्। भारतमा बनेको ‘कोभिसिल्ड’ नेपाल सरकारलाई भारतले अनुदानस्वरुप प्रदान गरेको हो।

भारतले खोप उपलब्ध गराएको घोषणा गर्न बुधबार आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले भारत सरकारलाई धन्यवाद दिएका हुन्।मन्त्री त्रिपाठीले भारतले नेपाललाई कोभिडकालमा पनि निरन्तर औषधिलगायत सामग्री प्रदान गरेको सहयोग गरेकामा सराहना पनि गरे।भ्याक्सिनको पहिलो खेप बिहीबार नै काठमाडौँ आइपुग्ने जानकारी पनि मन्त्री त्रिपाठीले दिए।

पहिलो चरणमा ३ प्रतिशत सफाइकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भ्याक्सिन दिइने जानकारी मन्त्री त्रिपाठीले दिए। नेपालका ७२ प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाउने तयारी रहेको पनि उनले जानकारी दिए।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू