बुधबार, फाल्गुन १२, २०७७
समाचार स्थानीय समाचार स्वास्थ्य

स्वेता रक्तदान अभियानबाट बौद्धमा रक्तदान कार्यक्रम

२५ माघ, काठमाडौं । सन् २०२१ मा २ हजार पिन्ट रगत संकलन गर्ने उदेश्यका साथ शुरु गरिएको स्वेता रक्तदान अभियान २०२१ अन्तर्गत काठमाडौं महानगरालिका वडा नं. ६ बौद्धमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार २३ पिन्ट रगत संकलन भएको अभियानकर्ता स्वेता श्रेष्ठले बताईन् । महिला विकास समिति पाथिभराका अध्यक्ष ५३ वर्षीय लक्ष्मी देवी निरौलाले रक्तदान गरि कार्यक्रम शुभारम्भ भएको थियो । काठमाडौं महानगरपालिका वडा नं. ६ का अध्यक्ष दिपेन्द्र लामाले रक्तदान सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

स्वेता रक्तदान अभियान काठमाडौं महानगरपालिका वडा नं. ७ बाट शुरु भई वडाका २ स्थानमा रक्तदान सम्पन्न गरी वडा नं. ६ मा शुरु भएको छ । रक्तदान अभियान शुरुको चरणमा रहे पनि विस्तारै फैलदों क्रममा रहेको र वडा समिति, स्थानीय समाजसेवी, बौद्धनाथ क्षेत्र विकास समिति, प्रहरी प्रशासनले उत्साहका साथ चासो राखेकोले हौसला मिलेको अभियन्ता स्वेता श्रेष्ठले बताईन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू