बुधबार, फाल्गुन १२, २०७७
खेलकुद प्रमुख समाचार स्थानीय समाचार

प्रथम चक्र लामा र किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता २०७७ बौद्धमा हुँदै

३० माघ, काठमाडौं । प्रथम चक्र लामा र किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता २०७७ काठमाडौं बौद्धमा भईरहेको छ ।
नेपाल विलियार्ड्स, स्नुकर तथा पुल संघको सहयोगमा भईरहेको प्रतियोगिता माघ २४ गतेदेखि भईरहेको छ । फागुन २ गतेसम्म फस्ट राउण्ड चल्नेछ ।

प्रतियोगितामा ५० जिल्लाबाट करिब २ सय ५६ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । बेस्ट अफ फाईभमा खेलाईने प्रतियोगिता एक महिनासम्म चल्ने आयोजकले बताए । मार्चको पहिलो हप्ता फाइनल हुनेछ ।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भईरहेको प्रतियोगिताको विजेताले २ लाख ११ हजार ५ सय प्राप्त गर्ने छन् । उपविजेताले ९१ हजार ५ सय प्राप्त गर्ने छन् भने तेस्रोले ३० हजार ५ सय प्राप्त गर्ने छन् ।

त्यस्तै १ सय ४७ ब्रेक गर्नेले १० लाख प्राप्त गर्नेछन् भनें हाईएस्ट ब्रेक गर्नेले २१ हजार ५ सय नगद पाउने छन् । सेन्चुरी ब्रेक गर्नेले २ लाख १ हजार र बेस्ट प्लेयरले ११ हजार ५ सय पाउने छन् । प्रतियोगिता स्नुकरका राष्ट्रिय कोच सञ्जय कुमार मुल्मीले हेरिरहेका छन् ।

प्रतियोगिता सञ्चालन राजन लामा, विष्णु लामा, धर्म ब्लोन, बलबरि लामा, सुजन लामा, रुद्र श्रेष्ठ, बुद्ध लामा लगायतको संयोजनमा भईरहेको आयोजकले बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू