सोमवार, साउन ११, २०७८
समाचार

निर्वाचनका लागि क्रान्तिकारी “माओवादी”द्वारा मोर्चा गठन

mohan_baidhyaकाठमाडौं, २८ भदौ । दोश्रो संविधान सभा निर्वाचन वहिस्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा      (क्रान्तिकारी माओवादी)ले निर्वाचनमा भाग लिन पार्टीको छुट्टै मोर्चा गठन गरेको छ । पार्टीका वरिष्ठ नेता सिपी गजुरेल अध्यक्ष र परि थापा सचिव रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरिएको हो । मोर्चाको पदाधिकारीमा कमल चौधरी, केबी गुरुङ, पवनमान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केसबहादुर परियार रहनुभएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष गजुरेलले निर्वाचन भएमा त्यसलाई उपयोग गर्न मोर्चा गठन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “हामीले पार्टीलाई निर्वाचन आयोगमा दर्ता नगर्ने र पार्टी नाममा निर्वाचनमा भाग नलिने निर्णय गरेका छौँं, तर आवश्यकता अनुसार मोर्चाका नाममा निर्वाचनमा भाग लिने निर्णय गरेका छौँं । ”

महँगी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारीलगायत जनजीविकाका र राष्ट्रियताका समस्या समाधान गर्न दबाब दिन मोर्चाले छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष गजुरेलले जानकारी दिनुभयो । मोर्चा अब जनताको बीचमा जाने र वडास्तरसम्म सङ्गठन विस्तारलाई तीव्रता दिइने उहाँको भनाइ छ । दोश्रो संविधानसभा निर्वाचन बहिस्कार गरेको सो पार्टीले मोर्चा गठन गरी अब हुने निर्वाचनमा भाग लिने तयारी गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । रासस

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू