मङ्लबार, जेष्ठ ४, २०७८
समाचार

‘शिविर छानबिन राजनीतिक दबाब दिन’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकू शिविर सञ्चालनका क्रममा भएको भनिएको अनियमितताबारे छानबिन अगाडी बढाउने निर्णय गरेपछि राजनीतिक वृत्त विस्तारै तात्दै गएको छ । प्रधानमन्त्रीको भारतभ्रमण र कार्कीको योग्यतालाई लिएर सर्वोच्ले गरेको निर्णयको सेरोफेरोमा आएको अख्तियारको निर्णयलाई विष्लेषकहरुले लोकमानसिंह कार्कीको दबाबको राजनीति भएको आरोप लगाएका छन् ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले अख्तियारको कदम अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबको राजनीति भएको आरोप लगाएका छन् ।

पुनले भने, “नेताहरुलाई तानेपछि नेताहरुले दबाब गरेर मेरो मुद्दा कमजोर बन्छ कि भन्या जस्तो, दबाब राजनीति गरेको जस्तो देखिन्छ ।

अख्तियार कानुनभन्दा माथि नरहेको औंल्याउँदै नेता पुनले प्रमुख आयुक्तमाथि अदालतमा प्रश्न उठेका बेला नैतिकरुपले कार्कीले कुनै अनुसन्धान अगाडि बढाउन नमिल्ने जिकिर पनि गरे ।

अख्तियार प्रमुखमा कार्कीको नियुक्तिबारे सर्वोच्चकै यस अघिको फैसला पुनरावलोकन गर्ने भन्ने सर्वोच्च अदालतले निर्णय गरेको केही घण्टामै शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर अख्तियारले माओवादी लडाकू शिविरको छानबिनलाई तीव्रता दिइने सार्वजनिक गरेको थियो ।

आफुहरुले अख्तियार प्रमुखलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै तत्कालीन माओवादी सेना समायोजन विशेष समिति सदस्य तथा तत्कालीन माओवादी सैन्य इन्चार्ज समेत रहेका माओवादी नेता पुनले भने, “शुक्रबार बिदा भइसकेपछि राती सवा ७ बजे कुनै संस्थागत निर्णय नै भएको छैन । बैठकै बसेको छैन । हामी पनि बुझेर बसेका छौं नि । एकजना आयुक्त छैनन् । कोही कर्मचारी छैन, चार पाँचदिनदेखि प्रमुख कार्यालय आउनुभएको छैन । यस्तो अवस्थामा त्यस्तो निर्णय भएको छ ।

कार्की विरुद्धको मुद्धामा सर्वोच्चले पुनराबलोकन गर्ने निर्णय गरेपछि त्यसै दिन साँझ माओवादी शिविरमा भएको भनिएका अनियमितता सम्बन्धमा आइतबारदेखि नेता र सरकारी अधिकारीविरुद्ध पत्र काट्ने तयारी गरेको हतार हतारमा पत्रकार सम्मेलन गरि अख्तियारले बताएको थियो ।

अख्तियारको यस कदम प्रति माओवादी केन्द्रले विरोध गरिरहँदा कांग्रेस र एमालेका नेताहरुले भनें औपचारिक प्रतिक्रिया बाहिर ल्याएका छैनन् ।

बिबिसि नेपाली सेवाको अनुसार कांग्रेस र एमालेका कैयौं नेताहरुले आफूहरु उक्त मुद्दामा तानिने, नतानिने प्रष्ट नभइसकेकाले हुन सक्छ उनीहरुले औपचारिक प्रतिक्रिया दिन चाहेनन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू