मङ्लबार, जेष्ठ ४, २०७८
विश्व

द्वन्द्वको भुमरीमा विश्व

लगातार परमाणु परिक्षण गर्दै छ उत्तरकोरिया

काठमाडौं । अमेरिकार र शक्तिराष्ट्रहरुको चेतावनिका बाबजुद उत्तर कोरियाले पाँचौं पारमाणविक बम परिक्षण गरे पछि दक्षिण कोरियाका राष्ट्रपति पार्क गेयुन हाईले कडा शब्दमा निन्दा गरे । वर्ष भित्र उत्तर कोरियाले गरेको यो दोस्रो पटकको पारमाणविक बम परिक्षण हो । यसअघि गत जनवरीमा पनि उत्तर कोरियाले यस्तै परिक्षण गरेको र संख्याका हिसाबले त्यस परीक्षण चौथो पटकको थियो । उत्तर कोरियाले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदका संकल्प प्रस्तावको बारम्बार अवहेलना र उल्लङ्घन गर्दै अन्तराष्ट्रिय जगतलाई सशक्त चुनौति दिइ रहेको छ ।
उत्तर कोरियाले पुङग्येरी स्थित आफ्नो प्रमुख परीक्षण केन्द्रबाट शुक्रबार बिहान गरेको पारमाणविक शक्ति परीक्षण पाँचौं पटकको भएको दाबी गरिएको छ ।
सोलको सैनिक स्रोतका अनुसार यस परीक्षणको क्रममा पुङग्येरी क्षेत्र वरीपरी टाढासम्म ५.० रिक्टर स्केलको कृत्रिम भूकम्पको महसूस गरिएको थियो । उत्तर कोरियाले गरेको यस पारमाणविक परिक्षणले ल्याएको ५.० रिक्टर स्केलको कम्पनले १० हजार टन सम्मको विस्फोटन शक्ति उत्पन्न गर्ने दाबी दक्षिण कोरियाले गरेको छ । यसअघि चौथो पटकमा गरिएको परीक्षणमा ६ हजार टन सम्मको विस्फोटन शक्ति उत्पन्न भएको अनुमान गरिएको थियो ।
यस परमाणु बम परीक्षणपछि पनि उत्तर कोरियामाथि द्विपक्षीय र बहूपक्षीय थप कडा प्रतिवन्ध लगाउन अन्तर्रािष्ट्रय समुदायको सहयोगमा संयुक्त राष्ट्रसङघीय सुरक्षा परिषदसँग दक्षिण कोरियाले आग्रह गर्दै आईरहेको छ । संयुक्त राष्ट्रसङघीय सुरक्षा परिषद तथा विश्वका शक्तिशाली राष्ट्रहरुले दवाव बढाएमा प्योङगयाङगले आफ्ना आणविक उत्पादन तथा परीक्षण त्याग गर्न बाध्य हुने विश्वास दक्षिण कोरियाको छ ।
यता उत्तर कोरियाले भने परमाणु परीक्षणको पुष्टि गरेको छैन । उत्तर कोरियाले यसअघि सन् २००६, २००९, २०१३ र यसै बर्षको जनवरीमा गरी चारवटा शक्तिशाली परमाणु बम परिक्षण गरिसकेको छ । उत्तर कोरियाले गत सोमबार पनि आफ्नो पूर्वी सामुन्द्रिक तट बाहिर तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरेको थियो । उत्तर कोरियाको ह्वाङ्जु ग्रामीणक्षेत्रबाट जापानी सागर (सि अफ जापान)मा लगातार उक्त तीनवटै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ताले बताएका थिए ।
दुई हप्ता जति अघि अर्थात् अगस्ट २४ का दिन उत्तर कोरियाले पनडुब्बी जहाजबाट प्रहार गर्न सकिने ५०० किलो मिटर प्रहार क्षमता दूरी भएको क्षेप्यास्त्र यसैगरी परीक्षण गरेको थियो । जी–२० राष्ट्रहरुको शिखर सम्मेलन जारी रहेकै बखत् फुर्सदको समयमा दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाइ र चीनका राष्ट्रपति सि जिनपिङ्गका बीच भेटघाट र अनौपचारिक छलफल भएको केही घन्टामै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्नुभनेको आफ्ना छिमेकी मुलुकलाई तर्साउन सकिन्छ कि भन्ने कुनियत प्रदर्शन गर्नु हो दक्षिण कोरियाको दाबी रहेको थियो । रासस र सिन्ह्वा र एएफपी

चाइना सी विवाद बढ्दै

यसैबीच चाइना सीबारे चीन र अरु राष्ट्रहरुको बीचमा भएको विवाद सम्वन्धमा फिलिपिन्सले दायर गरेको मुद्दाको सम्वन्धमा यसै वर्षको जुलाईमा अन्तर्रािष्ट्रय अदालतले दिएको निर्देशन मान्न अमेरिकाले दबाब बनाउँदै लगे पनि चिनले नमान्ने भन्दै आएको छ । यसले चीन सागरमा द्वन्द्वलाइ बढाउने संकेत देखिएको छ ।
चाइना सीसँग जोडिएका राष्ट्रहरु भियतनाम, जापान तथा फिलिपिन्स लगायतका देशहरु र चीनको बीचमा लामो समयदेखि सामुद्रिक प्राकृतिक स्रोत साधनको दोहन र स्वामित्वको विषयलाई लिएर समुद्रि जलक्षेत्र र यसका टापुहरुमाथी नियन्त्रणको लागि विवाद रहँदै आएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले विवादित साउथ चाइना सीबारे अन्तर्रा्ष्ट्रिय ट्रिबुनल अदालतबाट चीनलाई गरेको निर्देशन बाध्यकारी हुने बताएका छन् ।
यसै सम्वन्धमा फिलिपिन्सले दायर गरेको मुद्दामा अन्तराष्ट्रिय अदालतले गरेको फैसला आफुमाथी अन्याय भएको भन्ने चीनको दाबि र नमान्ने हठले गर्दा पुर्वी चिन सागरमा कुनै पनि बेला सैन्य हस्तक्षेप र प्रतिरोधको संभावनालाई बढाएको छ ।
‘सन् २०१६ को जुलाईमा भएको महत्वपूर्ण तर मध्यस्थ निर्देशनले यस क्षेत्रको तटवर्ती अधिकारका लागि बन्धनकारी हुने कुरा प्रष्टाएको छ,’ अमेरिकी राष्ट्रपति ओबामाले लाओसमा भएको एसियाली नेताहरु सहभागी आसियन सम्मेलनका क्रममा भनेका थिए ।
अमेरिकी राष्ट्रपतिबाट आएको यो प्रतिक्रियाले साउथ चाइना सीलाई रणनीतिक महत्वको जलमार्ग भएको र यो विगतदेखि चीनले प्रयोग गर्दै आएकाले यसमा उसको अधिकार रहेको भनी आफ्नो अडान राख्दै आएको छ । अमेरिकाले भनें विधिको शासनलाई मान्न र एकतर्फी अडान राखी तनाव सिर्जना नगर्न आग्रह गर्नुभएको छ । यसैबीच चीनले संयुक्त राज्य अमेरिकलाई उक्त विषयमा हस्तक्षेप गरी विवाद बढाउन अन्य राष्ट्रलाई उक्साउने काम नगर्न आग्रह गर्ने गरेको छ ।

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासको उत्तर कोरियाको विरोध

भदौ ६ देखि दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाकले संयुक्त सैन्य अभ्यास गर्ने भनें देखि नै उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको थियो । अमेरिका र दक्षिण कोरियाले यस सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै उक्त क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताएका छन् । यस अभ्यासमा अमेरिकाका २५ हजार सेना रहेका छन् । तर ५० हजारको सङ्ख्यामा दक्षिण कोरियाली सेना पनि सो अभ्यासमा सहभागी हुने कार्यक्रम रहेको छ ।
उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेको बेला सोमबार सो सैनिक अभ्यास सुरु भएको हो । कम्प्युटरिकृत तथा अन्य अत्याधुनिक माध्यमहरुको प्रयोगमार्फत गरिने यस सैन्य अभ्यास सेप्टेम्बर २ सम्म गरिएको थियो ।
गएको करिब वर्षमा उत्तरका क्रियाकलापहरु निकै बढ्दो रुपमा देखिएकोले फेरि पनि अर्काे परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको छ ।
दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ । उत्तर कोरियाको यो परीक्षणका विरुद्धमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् । उत्तर कोरियाले त्यस कार्यको निकै कडा शब्दमा विरोध गरेको छ । उत्तरले त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेकोले आपूmले त्यस प्रणालीलाई भौतिक कारबाही गर्ने जनाएको छ । उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ ।
यसैबीच संयुक्त सैन्य अभ्यासको कडा शब्दमा विरोध गर्दै उत्तर कोरियाले
‘हामी पनि तयार छौँ’ भनेको थियो । उसले संयुक्त सैन्य अभ्यासकलाई अन्तर्रा्ष्ट्रिय कानुनको उल्लंघन हो भनेको छ । यो उत्तर कोरियाको सार्वभौमसत्तामाथिको हमला हो भन्दै उसले ‘यदि यस्तै अवस्था कायम रह्यो भने हामी पनि जस्तोसुकै सैन्य कारबाहीका लागि तयार छौँ’ भनेको थियो ।
‘सैन्य अभ्यासका क्रममा दक्षिण कोरिया र अमेरिकाको सेनाले उत्तर कोरियाको जल, स्थल वा आकासमा छुनेमात्र प्रयास ग¥यो भने पनि आफूले नसहने र त्यसको प्रतिकारात्मक कारबाही गर्ने’ उत्तरले जनाएको छ । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दा पनि उत्तर कोरियाले आणविक परीक्षण रोेकेको छैन । यसलाई विश्व समुदायले उत्तरको हठी स्वाभाव बताउने गरेका छन् ।

‘सिरियाली सेनामाथि भूलवश आक्रमण’

क्ेही महिना अधि आफ्नो आकाशमा रसियाको विमान प्रवेश गरेर सिरियामा आक्रमण गरेको भन्दै टर्किले सिरियाका विद्रोही विरुद्ध हवाई कारवाही गर्दै आएको रसियाको लडाकु विमानलाई खसाली दिएको थियो । तर अमेरिकामा निर्वासनमा रहेका टर्किका धर्मगुरुले अमेरिकी समथैनमा असफल कु गरेको भन्दै टर्कि रसियासँग सम्वन्ध सुधारको प्रयासमा रहेको छ । भनें युद्ध विमान खसालेकोमा माफी माग्दै टर्किका राष्टपति ईर्दोगानले रसिया भ्रमण समेत गर्न भ्याईसके ।
यसै बीच पछिल्लोसमयमा रसियाले सिरियाली सेनामाथी भएको आत्रलकणको घटनालाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आपतकालीन बैठक डाकेको छ । आक्रमणमा कम्तीमा ६० जना सिरियाली सैनिक मारिएका थिए ।
अमेरिकाले आफु नेतृत्वको गठबन्धनका लडाकू विमानहरुले भूलवश सिरियाली सैनिकमाथि हमला गरेकोप्रति दुख व्यक्त गरेको छ ।
विश्वमा प्रतिश्पर्धि सामरिक शक्तिहरु बीचको सम्वन्धको विवाद यति चुलिएको छ की आईएसआई देखि अलकायदासम्म शक्ति केन्द्रको सहयोगमा हुर्केका हुन् भन्ने वहश तात्दै गएको छ ।

काश्मिर आक्रमण

सेप्टेम्बर १८ बिहान काश्मिरमा सेनामाथी आक्रमण भएपछि भारत पाकिस्तान प्रति कठोर नीति अख्तियार गर्ने मुडमा रहेको भारतीय विश्लेषकहरुले बताएका छन् । पाकिस्तानमाथी सैन्य कारवाहि सम्म गर्न पछि पर्न नहुने केही सैन्य पृष्ठभुमिबाट आएका बिश्लेषकको राय छ । यसै सम्वन्धमा निश्चित भईसकेको विदेश भ्रमण स्थगीत गर्दै भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानलाई आतंकवादीको घर भन्दै कडा शब्दमा भत्सर्ना गरेका छन् । भनें प्रधानमन्त्री मोदीले दोषिलाई नछोड्ने चेतावनी दिएका छन् । काश्मिरका विद्रोही नेता मारिएपछि झण्डै तीन महिना देखि अशान्त रहेको काश्मिरमा अशान्ति बढाउन पाकिस्तानको हात रहेको भारतीय पक्षको आरोप रहेको छ ।
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले भारतीय स्वतन्त्रता दिवसको अवसरमा लालकिलाबाट दिएका सम्बोधनमा पाकिस्तानबाट स्वतन्त्रताका लागि संघर्ष गर्दै आएका बलुचिस्तानका स्वतन्त्रता सेनानीहरुलाई सहयोग गर्न सक्ने आसय व्यक्त गरेपछि पाकिस्तानका एक सैन्य अधिकारीले राष्ट्रको सार्वभौमिकता र स्वतन्त्रताको लागि पाकिस्तानले आणविक आत्रलमण सम्म गर्न सक्ने एकटिभि कार्यक्रममा बोलेका थिए । यसले दक्षिण एसियामा पनि भारत र पाकिस्तानको बीचको संभावित द्वन्द्वको बादल मडारिइ रहेको देखिन्छ ।
ईराक, अफगानिस्तान हुँदै सिरियासम्म पुगेको अन्तहीन युद्धको कालो छायाँ मडारिंदै गर्दा युक्रेनबाट क्रिमिया टुक्रियो । क्षेत्रीय द्वन्द्वको चर्को संचावना चिनिया सागरमा मडारिई रहेको छ । जहाँ अहिल्यै सैन्य लडाई भई हाल्ल भन्ने त देखिंदैन तर अन्तराष्ट्रिय स्तरमा पाकिस्तानको भुमिका सिमित गर्न चाहिरहेको भारत र पाकिस्तान बीच सिमानामा चर्को लडाई नहोला भन्न सकिन्न । विश्लेषकहरुका अनुसार अन्तराष्ट्रिय दबाबमा भारतले पाकिस्तानका केही गतिविधि सहनु परेको भन्ने एकाथरीको दाबि छ । उनीहरुका अनुसार आणविक शक्ति सम्पन्न मुलुक पाकिस्तानलाई विस्तारै आणविक निशस्त्रिकरण गर्ने योजनाहरु बनिरहेको छ तर अरबमा अहिले भईरहेको संघर्षलाई नियन्त्रण नगरी पाकिस्तानमाथी निशस्त्रिकरण गर्न सहज नभएको अन्तराष्ट्रिय समुदायको दाबि रहेको छ । तर विश्वमा उदाउँदो शक्तिको रुपमा रहेको चिनको दहे साथ पाएपछि उत्तर कोरिया लाई जस्तै पाकिस्तानलाई पनि नियन्त्रण गर्न सहज छैन ।
त्यसैले पनि चिनलाई चाईना सी मामलामा अल्झाउने प्रयास जारी छ र जुलाईमा अन्तर्रािष्ट्रय अदालतले दिएको निर्देशन मान्न अमेरिकाले चीनमाथी अन्तराष्ट्रिय दबाब बनाउँदै लगेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू