सोमवार, साउन ११, २०७८
समाचार

पशुपति क्षेत्र अव्यवस्थित

काठमाडौं । पर्यटन क्षेत्र नेपालको अर्थव्यवस्थाको मियो हो । नेपालको पर्यटन क्षेत्रको विकासमा
साँस्कृतिक पर्यटनको महत्वपूर्ण स्थान रहेको    छ । तर तिनै पर्यटन क्षेत्रको व्यवस्थापन व्यवस्थित र सन्तोषजनक छैन । यस्तै नियति भोगिरहेको छ । विश्वसम्पदा सूचिमा सुचिकृत पशुपति  क्षेत्रले ।

pashupati_kshetra

वर्खाको पुर्वसन्ध्यामा शुरु गरिएको पुर्न निर्माण र सडक निर्माणको स्थिती विदेशी पर्यटकहरुलाई वेथिती देखाउने माध्यम बनेको छ । मृतक गाड्ने दक्षिण पूर्वको वनक्षेत्रमा अव्यवस्थित लाश गाड्न प्रतिश्पर्धा जस्तै देखिन्छ । तर सरोकारवालाहरु मौन छन् । राजनीतिक रंग जोडिएको बेला नारा जुलुस गर्ने समुहहरु छन् तर पशुपति क्षेत्रको व्यवस्थित विकासको लागि उनीहरु दबाब दिन सक्दैनन् ।

भुवनेश्वरी देखि आर्यघाट जाने बाटो निर्माण प्रक्रिया लथालिङ छ ।

तिलगंगा हुँदै गुह्येश्वरी निस्कने नयाँ बाटो अघोषित डम्पिङ साईट जस्तै बनेको छ । साँस्कृतिक महत्व बोकेको बन क्षेत्रमा उद्योगधन्दाबाट निस्केका फोहोरहरु गाडिमा ल्याएर फ्याकिएका थुप्राहरु देख्न सकिन्छ । के पशुपति
क्षेत्र विकास कोष र सम्वन्धित निकायले सम्पुर्ण पशुपति क्षेत्रको व्यवस्थापनमा ध्यान दिनु पर्ने होईन । प्रधानमन्त्री र राष्ट्रप्रमुखलाई राम्रो बाटोबाट पशुपति दर्शन गर्ने बातावरण मिलाउँदैमा उनीहरुको दायित्व पुरा हुन्छ ? पशुपति क्षेत्रको समग्र विकास र व्यवस्थापनमा उनिहरुको ध्यान पुग्नु पर्ने होईन ?

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू