सोमवार, साउन ११, २०७८
मनाेरञ्जन

सिएचआइटिएफ तेक्वान्दो प्रतियोगिता कार्तिकमा हुने

काठमाडौं । सिएचआइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता २०१६ कार्तिक ५ र ६ गते म्याग्दी सदरमुकाम बेनिमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको नियम अनुसार सिएचआइटिएफ राष्ट्रिय प्रतियोगिता २०१३, २०१४ र २०१५ मा सम्पन्न भईसकेको छ ।

सिएचआइटियफ तेक्वान्दोको सुरुवात नेपाल मा २०१३ जनावरी १ देखि भएको हो । नेपाल सिएचआइटिएफ तेक्वान्दोले स्थापनादेखी खेलाडी प्रशिक्षक लगायत सम्पुर्ण खेलक्षेत्रको विकास र विस्तार गर्दै खेलकुदको माध्यमबाट नेपाललाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा चिनाउने उद्देश्य लिएको छ । यसले स्थापनाकाल देखि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा तेक्वान्दो प्रतियोगिता, टेक्निकल सेमिनार जस्ता खेलकुद गतिविधि गर्दै आएको महासचिव रमेश विश्वकर्माले बताए ।

सिएचआइटिएफ तेक्वान्दोका जन्मदाता स्व जनरल चोइ होङ हि हुन् । उनकै सिद्धान्तमा आधारित मार्सल आर्टको अन्तराष्ट्रिय छाता संगठन छाङ हिन अन्तरास्ट्रिय तेक्वान्दो महासङ्घ हो भनें यस अन्र्तगत सिएचआइटिएफ पर्दछ । सिएचआइटिएफको हेडक्वाटर क्यानडामा रहेको छ । विश्वमा ५० वटा भन्दा बढी राष्ट्रमा यस सियचआइटिएफ तेक्वान्दो स्थापना भैसकेको छ ।

छाङ हिन अन्तराष्ट्रिय तेक्वान्दो महासङ्घ नेपालको कार्यालय बुल्स इन्डोर स्पोर्ट्स बशुन्धारा काठमाडौंमा रहेको छ । महासंघको अध्यक्ष कुलबहादुर बुढामगर, उपाध्यक्ष शिवकुमार ठाकुर र जनकराज गौतम, महासचिव रमेश विश्वकर्मा, सचिव समीर तामाङ, कोषाध्यक्ष आश्मा श्रेष्ठ तथा सदस्यहरु मिलन घर्ति मगर, इभान मगर, पुजा घले, हिमाल बि.क., लेखनाथ खरेल, दिपेन्द्र बुढा मगर, कविता श्रेष्ठ, अमीत थापा, रबिन घर्ती मगर, साजन तामाङ रहेका छ्न ।

नेपालमा हाल सिएचआइटिएफ तेक्वान्दोका काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट ,चितवन, नवलपरासी, बाग्लुङ, म्याग्दी, पाल्पा र गुल्मी गरि १० वटा जिल्लामा २०० भन्दा बढी संख्यामा ब्ल्याक बेल्ट प्राप्त खेलाडीहरु छन् । नेपाल सिएचआइटिएफ तेक्वान्दोमा हाल १७ जिल्लामा तेक्वान्दो एकेडेमी  (डोजाङ) मा सिएचआइटिएफ तेक्वान्दोका प्रशिक्षकहरुबाट १५०० भन्दा माथिको संख्यामा खेलाडी उत्पादन गरि प्रशिक्षण दिइरहेका छन् ।

14397957_1610887805876393_811677265_n 14408767_1610887712543069_240228250_n

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू