सोमवार, साउन ११, २०७८
परोपकार र मानवता

अपांग पुर्नस्थापना केन्दको आठौं अधिवेशन सम्पन्न

काठमाडौं, २५ भदौं । अपांग पुर्नस्थापना केन्द्र नेपालको १४ औं बार्षिक साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौं गोकर्णस्थित केन्द्रमा आयोजित उद्घाटन कार्यक्रमका
प्रमुख अतिथी श्रम तथा रोजगार मन्त्री सुर्यमान गुरुङ हुनुहुन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री गुरुङले अपांगता भएका व्यक्तिहरुको पुर्नस्थापना कार्यक्रम प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुहुँदै केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वाबलम्बन जीवन पद्धती केन्द्र काठमाडौंका अध्यक्ष गणेश के.सी.ले अपांगता भएका बालबालिकाको पुर्नस्थापनामा केन्द्रले राम्रो काम गरिरहेकोमा प्रशंसा गर्नुहुँदै आफुहरु पनि केन्द्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । नेपाली कांग्रेसका नेता लालबहादुर लामाले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो । उच्चस्तरीय सहिद पार्क गोकर्णका अध्यक्ष सुदर्शन सिग्देलले अपांगता भएका व्यक्तिहरुको लागि पुनस्थापना केन्द्रस्थापनामा स्थानीयहरुको सकारात्मक भुमिका रहेका स्मरण गर्नुुहुँदै केन्द्रलाई आवश्यक सहयोग गर्न आफुहरु सँधैं तयार रहेको बताउनु भयो ।

उद्घाटन समारोहलाई राष्ट्रिय अपांग पत्रकार संघका अध्यक्ष रविन थपलिया, केन्द्रका सल्लाहकार रामलाल श्रेष्ठ, सरोज चालिसे, समाजसेवी चन्द्रप्रकाश पौडेल लगायतले पुर्नस्थापना केन्द्रले नमुनायोग्य र अनुकरणीय काम गरिरहेको चर्चा गर्नुहुँदै अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

disabled_rehabilitation_center_gokarna-1कार्यक्रममा केन्द्र संचालनको लागि सहयोग गर्नु हुने गोमा हुमागाई, सुभद्रा पौडेल, आशा मगर, रमा थापा, दुर्गा खड्का, समाजसेवी गीता श्रेष्ठ, डा. सुशीलनाथ पाण्डे, मोहनकृष्ण श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो । एसएलसी परिक्षामा राम्रो नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरियो । सिलाई बुनाई तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । केन्द्रका सल्लाहकार उदय लिम्बुले स्वागत मन्तव्य राख्नु भएको थियो भनें कार्यक्रम संस्थाका अध्यक्ष किपा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष टंक तिवारीको पनि उपस्थिती रहेको  थियो ।

नयाँ कार्यसमिति चयन

अधिवेशन उद्घाटन समारोह पछि आजै सम्पन्न बन्दशत्रबाट किपा शेर्पाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । नयाँ कार्यसमिति उपाध्यक्षमा उर्मिला तिवारी, महासचिवमा अम्बिका हुमागाई, कोषाध्यक्षमा तेण्डी शेर्पा र सदस्यहरुमा शारदाप्रसाद आचार्य, सीतादेवी प्याकुरेल, हिराबहादुर मगर लगायत रहनु भएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू