सोमवार, साउन ११, २०७८
समाचार

उपत्यकाका स्कुलमा बम आतंक

काठमाडौं, ४ भदौ । काठमाडौं र ललितपुरका विभिन्न स्कुलमा बम राखिएको प्रहरिले जनाएको छ ।
काठमाडौं बौद्धस्थित र्राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल, दक्षिणढोकास्थित मनोकामना लगायतका स्कुलमा र डल्लुस्थित कञ्चजजंघा स्कुल एकाबिहानै शंकास्पद वस्तु भेटिएको छ । ललितपुरको रेडियन्ट स्कुलमा पनि प्रेसरकुकर बम भेटिएको छ ।
शंकास्पद वस्तुसँगै योंङ कम्युनिष्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको पर्चा भेटिएको प्रहरिले बताएको छ । पर्चामा गरिवका छोराछोरीलाई देशभरका निजी स्कुलमा निशुल्क पढ्न पाउनुपर्ने, निजी विद्यालय र सरकारी विद्यालयबीच पाठ्यक्रममा एकरुपता ल्याउनुपर्ने सहितका माग राख्दै सो समूहले शंकास्पद वस्तु राखेको हो ।
बम भेटिएका स्थानमा सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू