सोमवार, साउन ११, २०७८
समाचार

संविधान कार्यान्वयनमा नेताहरुको जोड

14433078_10206034360612087_7900507942330008447_nकाठमाडौँ, ३ असोज । राजनीतिक दलका नेता तथा सांसदहरुले संविधान जुन दिन घोषणा भयो त्यही दिनबाट कार्यान्वयनमा आएको बताएका छन् । युनिर्भसल पीस फेडेरेसनले संविधान दिवसको अवसर पारेर नेपालको संबिधान २०७२ र अगामि बाटो बिषयक अन्तरक्रियामा बोल्दै अहिले सबै राजनीतिक दलहरुको सहमतिमा संविधानको कार्यान्वयनमा लाग्नु पर्ने तथा असन्तुष्ट पक्षका जायज मागहरुलाई संविधान सम्सोधनको माध्यमबाट पुरा गनुपर्नेमा जोड दिएका छन् ।
पीस एम्बेसी बिल्डीङ नक्सालमा आयोजित कार्यक्रमा बन मन्त्री शंकर पाण्डेले संविधान संशोधनबाट मधेसी, थारू, आदिवासी जनजातिलगायत समुदायका गुनासाको यथोचित सम्बोधन भई संविधानको स्वीकार्यता अझ फराकिलो हुने र यसको पूर्ण कार्यान्वयनले गति लिने बताएका छन् । उनले विश्वका कुनै पनि संविधान एकैचोटि पूर्ण भएका छैन भन्दै समय समयमा हुने संशोधनबाट संविधान परिष्कृत र परिपक्व हुने बताए ।
माओबादी केन्द्रका सांसद रामनारायण बिडारीले संविधान गतिशील र जीवन्त दस्तावेज भएकाले मुलुकको वस्तुगत परिस्थिति र जनताको माग अनुसार यसलाई संशोधन गर्नुपर्नेमा जोड दिए । उनले संविधानको कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, कानुनी राज्यजस्ता लोकतन्त्रका संस्थागत भएको बताए ।
उनले संविधानले नेपालमा बसोबास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसङ्ख्यक, मुसलमान, मधेसी, थारू, उत्पीडित, पिछडिएका वर्ग, क्षेत्रलगायत सम्पूर्ण नेपालीले अघिकारलाई सुनिश्चीत गरेको भन्दै तराईका केहि जिल्लामा संविधाका बारेमा प्रचार प्रचार गर्नुपर्ने आवश्यकता औल्याए । नेकपा एमालेका सांसद हरी प्रसाद उप्रेतीले संक्रमण कालको अन्तय गर्न २०७४ माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन सम्पन्न गरी सक्नुपर्ने अनिवार्य कार्यभार संविधानले दिएको भन्दै त्यसका लागि सबै राजनीतिक दलहरुबीच सहमति हुनुपर्नेमा जोड दिए । उनले संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल तथा सबैमा आग्रह समेत गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद जयन्त चन्दले संविधान आफैँ परिवर्तनशील भएकाले नेपाल र नेपालीको आवश्यकताअनुरुप संविधानको संशोधन गरी हरेक नेपालीलाई आफ्नो संविधान भएको महसुस गराउनु पर्नेमा जोड दिए । नेपाली काँग्रेसका सांसद ध्यान गोबिन्द रन्जीतले नेपालको संविधान उत्कृष्ट र समावेशी भएको भन्दै महिला सहभागितादेखि हरेक जातजाति, धर्म र समुदायको अधिकार संविधानले सुनिश्चितता गरेको बताए ।
नेपाल परिवार दलकी सांसद मिलन कुमारी राजबंशीले संविधानलाई कार्यान्वयनमा जोड दिदै संसारका कुनै पनि संविधान शत प्रतिशत सहमतिबाट नबनेको बताउदै संविधानमा रहेका अपूर्ण बिषयबस्तुलाई संविधान सम्सोधनको माध्यमबाट हल गनुपर्नेमा जोड दिईन् । उनले संविधान मूल कानुन भएका कारण यसको पालना गर्नु प्रत्येक नेपाली जनताको कर्तव्य भएको बताईन् ।
कार्यक्रममा काँग्रेसका सांसद तारामान गुरुङ, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल,डोर प्रसाद उपाध्याय, युपीएफ नेपालका महासचिव बिनोद डाँगी लगायतका बत्ताहरुले संविधानको सफल कार्यान्वयनको लागि राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू