काठमाडौं, २७ पुस । आज २ सय ९५ औं पृथ्वी जयन्तीको अवसरमा काठमाडौँमा विभिन्न स्थानहरुबाट जुदुस, झाँकी सहित राष्ट्रिय झण्डा बोकेका मानिसहरुले सिंहदरबारको मुलढोका अगाडीको शालिकमा फुल माला चढाएर पृथ्वी जयन्ति मनाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तिको अवसरमा भृकुटीमण्डपमा चियापान समारोह आयोजना गरेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी तथा अन्य संघसंस्थाहरुले राष्ट्रलाई एकतावद्ध बनाएर लैजान पनि सरकारले पृथ्वी जयन्ति लाई राष्ट्रिय पर्वको रुपमा लिएर सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका छन् ।
आज पृथ्वी जयन्ती मनाउन सिंहदरवार पुगेका पूर्व उपप्रधान तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री तथा नेकपा मालेका महासचिव सिपि मैनाली, वरिष्ठ न्यूरो चिकित्सक उपेन्द्र देवकोटा लगायतका तस्विरहरु ।
(तस्विरहरु :रबिराज रिमाल)
Add Comment