सोमवार, साउन ११, २०७८
समाचार

विद्यालयमा बम विष्फोटको बाल कल्याण समिति द्वारा भत्सर्ना

काठमाडौं, भदौ १४ । केन्द्रीय बाल कल्याण समितिले उपत्यकाका विभिन्न विद्यालयलाई लक्षित गरी अज्ञात समुहका नाममा बम विष्फोटको घटनाले केन्द्रीय बालकल्याण समितिको गम्भिर ध्यानाकर्षण भएको छ जनाएको छ । आज जारी समितिको विज्ञप्तिमा ‘कुनैपनि बहानामा बालबालिकामा मनोसामाजिक त्रास पर्ने गरी विद्यालय परिसरमा हुने यस प्रकारका हिंसाजन्य कार्यको समिति घोर निन्दा तथा भत्र्सना गर्दछ’ भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘बालबालिकाले शान्तिपूर्ण रुपमा पढ्न पाउने अधिकारको उल्लंघन हुने गरी विद्यालय परिसरमा बम विष्फोट कार्यलाई औचित्यपूर्ण मान्न सकिदैन । बालबालिका सम्बन्धी अन्तराष्ट्रिय कानून, विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८, नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधिको मर्म विपरित यस्ता खाले घटनाहरु हुन नदिन र कानूनी प्रक्रिया बमोजीम अनुसन्धान एवम् कारवाही गर्न सम्बन्धित निकायलाई हामी अनुरोध गर्दछौं ।

जोसुकै पक्षले जुनसुकै विषयमा माग राखेको भए पनि वार्ता र संवादबाट समाधान खोजिनुर्छ । यस्ता खालका क्रियाकलापले बालबालिकाको मनस्थीतिमा दिर्घकालीन असर पर्ने तथा समग्र शिक्षा क्षेत्रनै असहज अवस्थाबाट गुज्रिन सक्ने संम्भावनालाई मध्यनजर गरीे बालबालिकाको विषयमा सबै पक्ष गम्भीर र सम्बेदनशील हुन अनुरोध गर्दछौं ।’

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू