सोमवार, साउन ११, २०७८
समाचार

भुकम्पपीडितको रकम ठगि गर्नेलाई कारवाहि गर्न सरकारसँग माग

कामाण्डौँ, २ असोज । भष्ट्रचार आरोप लागेका बुद्धिष्ट जनअधिकार मञ्च नेपालका तत्कालिन अध्यक्ष श्रीमति सकुन शेरचन र नक्कली महासचिव डा.अमरकान्त चौधरिबाट विगो जरिवाना सहित राज्यले जफत गरेर भूकम्पपिडितलाई प्रदान गर्न वर्तमान नेतृत्वले राज्यसँग माग गरेको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा बुद्धिष्ट जनअधिकार मञ्च नेपालले पत्रकार सम्मेलन गरेर शेरचन र चौधरीले जालसाँजी गरेर संस्था र सदस्यहरूको बद्नाम गरेको भन्दै राज्यले विगो र जरिवाना जफत गरेर भूकम्प पिडीतलाई प्रदान गर्न सरकारसमक्ष माग गरेको हो ।

कार्यक्रममा मञ्चका महासचिव दिपक पुन मगरले पूर्व अध्यक्ष शेरचनले भुकम्पपीडितको नाममा आएको रकम दुरुपयोग गरेको आरोप लगाए ।
मञ्चद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, “विभिन्न जालसाँजी गरेर, १ करोड ६७ लाख ७८ हजार पाँचसय रुपैयाँ ठगि भएको छ ।” दोषी उपर कडा कारवाही होस् र पिडितका नाममा भारत, अमेरीका, मलेसिया लगायतका देशहरू बाट आएको तथ्यगत रकम राज्यद्धारा नै बाँडियोस् ।

मञ्चद्धारा जारी विज्ञप्तिमा अघि भनिएको छ, ‘जालसाजी ठगी कागजातमा संसद एवम् निवर्तमान वातावरण मन्त्री विस्वेन्द्र पासवनको समेत हस्ताक्षर रहेको र उक्त गिरोहको समूहमा उपस्थिति र संलग्न भएको तथ्यले हाम्रो संस्थाले गहिरो चिन्ता व्यक्त गर्दछ, मुलुकको महत्वपूर्ण निकाय व्यवस्थापिका संसदमा समावेश व्यक्ति यस्ता ठगिको गिरोहसँग जोडिएको देख्दा अचम्मित भएका छौं ।’

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू