सोमवार, साउन ११, २०७८
राजनीति समाचार

नेपाल–भारत सम्बन्ध विश्वासमा परिणत

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले संविधान कार्यान्वयन गर्न सबै दलहरु गम्भिर भएर लाग्नुपर्ने बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई धेरै विवाद बनाउन नहुने स्पष्ट पारे ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको बेला नेपाल–भारतबीच भएको २६ बुँदे संयुक्त हस्ताक्षरको १३ नम्बर बुँदामा भारत सरकारले गरेको कामको अनुगमन नेपाल सरकार र भारतीय दुतावासका कर्मचारीले संयुक्त रुपमा गर्ने भन्ने कुरा गलत भएको बताए । खड्काले भने,–“दुवै देशका कर्मचारीले साझा रुपमा गर्नुपर्छ भन्ने शब्द भएको भए ठिक हुन्थ्यो ।”

उनले जोईन्ट कम्युनिकेयर जारी गर्दा एक देशले अर्को देशसँग आफ्नो देशको राजनीतिक स्थितिबारे कुरा आदान प्रदान गर्ने कुरा नौलो नभएको टिप्पणी गरे ।

खड्काले प्रधानमन्त्रीको भारत भ्रमण प्रभाव र भएका सम्झौताहरु कार्यान्व्यनका आधारमा सफल र असफल हुने स्पष्ट स्पष्ट पारे । यद्धपी उनले उक्त भ्रमणसँगै द्धिपक्षीय सम्बन्धमा विश्वासको वातावरण बनेको बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू