सोमवार, साउन ११, २०७८
धर्म-दर्शन प्रमुख समाचार समाचार

१२ बुँदे घोषणापत्र पारित गर्दै राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न

काठमाडौं, २३ मङ्सिर । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय बौद्ध दर्शनको प्रवद्र्धन तथा गुम्बा विकास समितिले आज आयोजनामा गरेको राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनको उद्द्धाटन गर्नु हुँदै प्रमुख अतिथी तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाली संस्कृतिमा विशिष्ठ महत्व रहेको बौद्ध संस्कृतिको विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय निरन्तर क्रियाशिल भईरहेको बताउनु भयो ।

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका सदस्य सचिव नरेन्द्रकुमार गुरूङले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सम्मेलन गरिएको बताउनु भयो ।

अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध महासंघ र वज्रयान महासंघ सहआयोजक रहेको सम्मेलनको दोस्रो सत्रमा ‘२१ औं शताब्दीमा नेपालीमाझ बौद्धधर्म, चुनौती र अवसर’, ‘वर्तमान नेपालमा थेरवाद बुद्धधर्मको अवस्था र चुनौति’, ‘गोन्पा तथा गोन्पा विद्यालयमा देखिएका समस्या समाधानको उपाय’ र ‘बज्रयान बौद्धधर्ममा बहाः बहीः महाविहार’ विषयक कार्यपत्रहरु प्रस्तुत गरियो ।

सम्मेलनमा बौद्धधर्म सम्वन्धि विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवीहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।


सम्मेलनबाट १२ बुँदे घोषणापत्र पारित

राष्ट्रिय बौद्ध सम्मेलनले आज १२ बुँदे घोषणापत्र पारित गरेको छ ।

१. बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई विशेष ऐनद्वारा बौद्ध दर्शन प्रवद्र्धन तथा सम्पदा संरक्षण प्रतिष्ठानमा रुपान्तरण गरिनुपर्ने ।
२. राज्यमा रहेको बौद्ध गुम्बा र विहार तथा बहाःर बहिः र छ्र्योतेन र गुफा तथा बौद्ध तिर्थस्थलहरु प्रशासनिक तथा कानुनी हैसियत कायम गर्न सोही विशेष ऐनद्धारा रुपान्तरित बौद्ध दर्शन प्रवद्र्धन तथा सम्पदा संरक्षण प्रतिष्ठान अन्तर्गत एकद्धार प्रणाली अनुरुप दर्ता, नविकरण, अनुगमन, नियमन, नियन्त्रण तथा संरक्षण हुनु पर्ने ।
३.मठ, मन्दिर, गुम्बा, विहार, बहाः, बहिः आदि विशुद्ध धार्मिक, सामाजिक अभिछिन्न उत्तराधिकारवाला, मुनाफा रहित परोपकारी संस्था भएको हुनाले बौद्ध दर्शन प्रवद्र्धन तथा सम्पदा संरक्षण प्रतिष्ठानको सिफारिशमा समाजकल्याण परिषदमा आवद्ध हुन पाउनुपर्ने ।
४. गुम्बा, विहार, बहाः, बहिः मुनाफा रहित जनहितकारी संस्था भएकोले कुनै श्रद्धालु भक्तजन, समान उद्देश्य भएका वैदेशिक संघ संस्थाबाट प्राप्त दान जग्गा, भवन लगायतको रजिष्ट्रेशन दस्तुर, एकिकृत सम्पति कर लगायत सबै प्रकारका कर छुट हुनुपर्ने ।
५. गुम्बा, विहार, बहाः, बहिःहरु आध्यात्मिक शिक्षालय पनि भएको हुनाले प्रचलित ऐन, नियमले अन्य प्रकृतिको शैक्षिक संस्थालाई प्राप्त सेवा सुविधा, छुट, जग्गा हदबन्दीको सुविधा गुम्बा, विहार, बहाः, बहिःलाई पनि हुनुपर्ने ।

६. विद्यमान बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति (गठन) आदेश २०६६, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास नियमावलीरनिर्दे्शिका २०७१ अन्तर्गतका प्रावधानहरु प्रतिष्ठानमा परिणत नभएसम्म संगठन र समय सान्दर्भिक बनाइनुपर्ने ।

७. शाक्यमुनि बुद्ध र सो भन्दा अगाडी देखि संचालनमा रही आएको बौद्ध गुम्बा, विहार, बहाः, बहि, आदिको मौलिक मूर्त तथा अमूर्त सम्पदा मुल्य, मान्यता, संस्कृति संस्कारहरु संरक्षणको लागि विशेष नीति बनाउनुपर्ने र विकासको नाममा भइरहेका बौद्ध सम्पदा हटाउने काम तत्काल बन्द होस ।
८.बौद्ध शिक्षा, शील, समाधिको अध्ययन, अनुसन्धान र अभ्यासको लागि अन्तराष्ट्रिय स्तरको अभिलेखालय सहितको अनुसन्धान केन्द्रको स्थापना गर्नुपर्ने ।
९. पञ्चशीलमा आधारित बौद्ध शिक्षा र साहित्यलाई प्राथमिक विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्नुपर्ने ।
१०.आन्तरिक तथा वाह्य धार्मिक पर्यटकको संख्या र समय बृद्धि गर्नको लागि थेरवाद, महायान र वज्रयानको परम्परागत वास्तुकला, शिल्पकला, धातुकला, काष्ठकला, मुर्तिकला, ललितकला (कला कौशल्ता) को संरक्षण, सम्वद्र्धन तथा विकासमा गर्न पहल गर्ने ।
११. नेपालका बौद्ध तीर्थस्थलको पहिचान, उत्खनन् र प्रवद्र्धन गरी वृहत्तर बौद्ध सर्किटमा आवद्ध गरिनु पर्ने र उनीहरुको अभिलेख राखि आधिकारिक निकायबाट प्रकाशित गर्नुपर्ने ।
१२. बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजना तथा त्रि(यानको सह–आयोजनामा प्रादेशिक, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरको सम्मेलन वार्षिक रुपमा आयोजना गरिनेछ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू