बुधबार, असार २, २०७८
प्रमुख समाचार राजनीति

आज नेपाली कांग्रेस महासमिति भेलाको रजिस्ट्रेसन सुरु हुँदै

काठमाडौं, २८ मंसिर । २०४६ सालपछि सातौं पटक शुक्रबारदेखि नेपाली कांग्रेस महासमितिको भेला काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन हुने वर्षलाई छाडेर हरेक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ६ वर्षपछि मात्र काठमाडौंमा भेला हुन लागेको हो ।

सिंहदरबारस्थित यलम्बर पार्टी प्यालेसमा शनिबार महासमिति भेलाको औपचारिक उद्घाटन हुनुअघि शुक्रबार पार्टी मुख्यालय सानेपामा दिउँसो २ देखि साँझ ५ बजेसम्म रजिस्ट्रेसन गराउनुपर्नेछ। रजिस्ट्रेसनको समय भने लम्बिन सक्ने मुख्यालय स्रोतले बताएको छ ।

झण्डै सवा दुई घण्टाको उद्घाटन सत्रपछि शनिबार दिउँसो नै बन्दसत्र सुरु हुने पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू