सोमवार, चैत्र ३०, २०७७
खेलकुद प्रमुख समाचार मनाेरञ्जन

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनालाई सम्मान

२१ पुस, काठमाडौं । इन्टरनेशनल क्योकुशीन्काई युनियन नेपालले आज एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनालाई बधाई तथा शुभकामना दिएको छ । काठमाडौं ठमेलमा रहेको जि.ए.ए हलमा एक कार्यक्रम गरि तिम्सिनालाई बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रममा नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिनाले इन्टरनेशनल क्योकुशीन्काई युनियन नेपाललाई आधिकारिकता प्रदान गर्न आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु हुँदै क्योकुशीन्काईका खेलाडिहरुले राम्रो खेलकौशल प्रस्तुत गरि देशको नाम उच्च पारुन् भन्ने शुभकामना समेत दिनुभयो ।

उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलियाले नेपालमा क्योकुशीन्काई विकासमा अध्यक्ष सुर्य बहादुर लामाको भूमिकाको प्रसंशा गर्नुहुँदै यस खेलका खेलाडिहरुलाई सम्मान गर्दै राष्ट्रिय खेलकुद परिषदले मान्यता दिनुपर्ने बताउनु भयो । नेपाल माउन्टेनिरियन एसोसिएसनका महासचिव कुल बहादुर गुरुङले नेपालमा खेल पर्यटनको विकासमा क्योकुशीन्काईले महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउनु भयो ।

ठमेल पर्यटन ब्यबसायी संघका अध्यक्ष समीर गुरुङले ठमेलको पर्यटन विकासका लागि समेत खेल पर्यटनको विकास आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रम इन्टरनेशनल क्योकुशीन्काई युनियन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति सुर्य बहादुर लामाले अमेरिकामा रहेको अन्तराष्ट्रिय केन्द्रबाट आई.के.यु नेपालले आधिकारीक मान्यता पाईसकेकाले राष्ट्रिय खेलकुद परिषदबाट पनि छिट्टै मान्यता पाउने आशा व्यक्त गर्नु भयो साथै उहाँले ठमेलको पर्यटन विकासका लागि समेत प्रतिबद्धता व्यक्त गर्नु हुँदै संस्थाको ड्रेसमा ठमेल उल्लेख गरिएको बताउनु भयो ।

कार्यक्रम संचालन इन्टरनेशनल क्योकुशीन्काई युनियन नेपालका महासचिव सुबास तामाङले गर्नु भएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू